रौतहट । रौतहटको बृन्दावन नगरपालिकामा नगर प्रमुख बिनोद पटेल र निमित्त प्रमुख प्रशासकीय अधिकृत रास नारायण पटेलको मिलोमत्तोमा अनियमिताको काण्डै काण्ड भेटिएको छ । सो नगरपालिका अन्तर्गतका नदीबाट गत आर्थिक वर्षमा भ्रष्टचार गर्ने उद्देश्यका साथ अमानतमा विक्रि गरेको नदीजन्य बस्तुको रकम हिनामिना गरेको आरोपमा हाकिम पटेल उपर अख्तियारमा उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सञ्जाल काठमाण्डौंका टोलीले उनीमाथि छानबिन गर्न थाल्ने भएको छ ।
जिन्सी शाखा प्रमुख रहेका बेला अधिकृत पटेलले बृन्दावनमा ब्रह्मलुट नै मचाएका थिए । उनले नगरपालिकाका अन्तरिक स्रोतबाट उठेको रकम बैंक दाखिला नगरी सिधै आफ्नो गोजी राखिएको आरोप लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सञ्जाल काठमाण्डौंका टोलीले उनीमाथि छानबिन गर्न थालेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सञ्जाल काठमाण्डौंका टोलीले ती नगरपालिकामा गत आर्थिक वर्षमा भएको सबै विकास निर्माण तथा आय स्रोतबाट उठेका रकमको फाईल लगेर छानबिन गर्न थालेका छन् ।
यस्तै जिन्सी प्रमुख भएकै बेला रास नारायणले नगरप्रमुख बिनोद प्रसाद कुर्मीको मितोमतोमा उनले आफ्नो नाममा करोडौंको पेस्की निकासा गरेर हुदै नभएको कामका बिलमा फर्छ्योट गर्ने प्रयास गरेको समाचार स्रोतले जनाएका छन् । रासनारायण उपर छानबिन हुन थालेपछि रास नारायण यतिबेला तनाबमा परेको समाचार स्रोतले जनाएका छन ।
बृन्दावन नगरपालिकाका हाकिम रास नारायण पटेल र नगरप्रमुख बिनोद प्रसाद कुर्मीको मिलोमतोमा आर्थिक वर्षको अन्तिममा कमिशन आउने चेक मात्र काटिएको पनि आरोप लागेका छन् । यता बृन्दावन नगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयहरुलाई दिवा खाजाको रकम नदिदा विद्यालयका दिवा खाजा प्रभावित बनेको छ । विद्यालयहरुलाई दिवा खाजाको रकम नदिदा ती पालिकामा सञ्चालित एक दर्जन भन्दा बढी सामुदायिक विद्यालयले विद्यार्थीलाई खाजा खुवाउन छोडेको हो ।
बृन्दावन नगरपालिकाले कार्यदेश दिने तर भुक्तानी दिन ढिलाई गर्ने र दिएको भुक्तानीमा पनि कमिशन माग्ने गरेको एक उपभोक्ता समितिका पदधिकारीले बताए । कमिशन नदिएकै कारण १ सय भन्दा बढि उपभोक्ता समितिको भुक्तानी नदिएको स्रोतले दावी गरेको छ । स्रोतका अनुसार कार्यालय प्रमुख र लेखापालको मनोमानीका कारण सम्पन्न योजनाको पनि भुक्तानी रोकिएको हो । भुक्तानीका लागि कार्यालयमा पटक पटक पुग्दासमेत विभिन्न बाहाना बनाउँदै नदिएको र असार मसान्तसम्म आवश्वसन मात्र दिएकाले समस्यामा परेको उनीहरु बताँउछन् ।
पार्टी निकटकालाई उपभोक्ता समितिका पदाधिकारी बनाएर गरिएका कामहरु पनि गुणस्तरिय रहेको भन्न नसकिने सर्वसाधारणा स्थानीयको भनाई छ । नगरपालिकामा देखिने गरी दिर्घकालिन योजनाका काम कुनै पनि नभएको उनीहरु बताँउछन् । नगरपालिकामा सदैव विवाद नै विवाद हुने गरेको स्थानीयहरु बताउँछन् ।