अपराध, लुम्बिनी प्रदेश

पश्चिम नवलपरासीमा हतियारसहित दुई समूहबीच कुटाकुट हुँदा ६ जना घाइते

नवलपुर टुडे
२०८० साउन २१ | मध्यान्ह ०६:०४ बजे
सांकेतिक तस्बिर

नवलपरासी, साउन २१ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका – ५ बण्डाखोलास्थित दरबार होमस्टे अगाडी दुई समूहबीच कुटाकुट हुँदा ६ जना घाइते भएका छन् । चालकसहित ४ जना सवार लु ६६ प ४५१९ नम्बरको स्कुटरको एक्सिलेटर धेरै लिएको बिषयलाई लिई सो होटेल पक्ष र स्कुटर पक्षबीच बिबाद भई कुटाकुट भएको हो ।

घाइते हुनेहरुमा नवलपरासीको बर्दघाट नगरपालिका – १२ दविल्ला बस्ने बर्ष १९ का रमेश परियार, वर्ष १६ का आरेन मल्ल र २२ वर्षीय किरण मगर रहेका छन् । उनीहरू सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरु स्कुटर पक्षका हुन् । यस्तै प्रहरीले स्कुटर पक्षकै केही नभएका १६ वर्षीय सुरज थापालाई नियन्त्रणमा लिएको छ ।

त्यस्तै होटल पक्षका घाइते हुनेहरुमा बर्दघाट नगरपालिका – ४ बस्ने होमस्टे संचालक ५२ वर्षीय भिम भण्डारी, बर्ष ३० का सन्दिप भण्डारी र वर्ष ४२ का राजेश कोहार रहेका छन् । अन्यको अवस्था सामान्य रहेपनि कोहारको दाहिने पाखुरामा चोट लागेकाले बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अन्य घाइतेहरुलाई भने उपचारका लागि सामुदायिक अस्पताल चिसापानीमा पठाइएको छ । उनीहरुबीच कुटाकुटमा चक्कु, मासु काट्ने दाउ प्रयोग भएको पाइएको छ । प्रहरीले उक्त हरियार को कसले प्रयोग गरेको भन्ने बिषयमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी एवम् डिएसपी भोजराज पाण्डेयले जानकारी दिए ।

स्कुटरको एक्सिलेटर धेरै लिई वातावरण दूषित गरेको भन्दै होटल पक्षले सम्झाउन खोज्दा बिबाद झिकि दुई पक्षबीच कुटाकुट भएको भन्ने बुझिएको प्रहरीले जनाएको छ ।

photo 2023 08 06 18 14 54
           चिसापानी अस्पताल

कमेन्टहरु