देश

नगर प्रमुख गुप्ताले आफु चढ्ने गाडीलाई एम्बुलेन्स बनाए

जगत ठाडा मगर
२०७८ बैशाख ३१ | मध्यान्ह ०४:०१ बजे

ज्ञानेश्वर सहानी

नवलपरासी / पश्चिम नवलपरासी जिल्लाको रामग्राम नगरपालिका का नगर प्रमुख नरेन्द्र कुमार गुप्ता ले आफु चढ्दै आएको सरकारी गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोगमा ल्याएका छन् । रामग्राम नगरपालिका का नगर प्रमुख गुप्ता ले आफू चढ्दै आएको लु १ झ ४७३ नम्बरको गाडी कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा ल्याएको बताउनु भयो ।

IMG 20210514 164023 504

जिल्लाभर कोरोना संक्रमित बढ्दै गएपनि बिरामीले एम्बुलेन्स नपाउँदा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले यसप्रकारको निर्णय गरिएको उहाहरुको भनाइ छ । रामग्राम मा दैनिक रुपमा संक्रमित हुने नागरिकहरुको सख्यामा वृदि भए सँगै बिरामीहरुलाई अस्पताल सम्म पुग्याउनका लागि एम्बुलेन्स तयारी अवस्थामा राखिएको र एम्बुलेन्सले मात्र नागरिकहरुको अस्पताल सम्म पुग्याउन प्रयाप्त नहुने भएकोले आफुले चढदै आएको गाडी संक्रमित नागरिकहरु लागि प्रयोगमा ल्याएको नगर प्रमुख गुप्ता को भनाइ रहेको छ ।

IMG 20210514 164011 181

 

आफुले चढने गाडी एम्बुलेन्सको रुपमा प्रयोग गरे सँगै शुक्रबार संक्रमितलाइ परासी अस्पताल सम्म ल्याइएको बताउनु भयो । रामग्राम नगरपालिकाले पछिल्लो समयमा गाउँ गाउँमा ज्वरो तथा रूघाखोकी विरामी बढ्दै गएको तर परिक्षणमा ध्यान नदिदा कोविड १९ को संक्रमण झन बढ्न सक्ने सम्भावना देखिएकोले लक्षण देखिएका सबै बिरामीलाई टोल टोलमा पुगी स्वास्थ समाग्राी वितरण गर्ने गरेको बताउनु भयो ।

IMG 20210514 164021 153

कमेन्टहरु