कोरोना संक्रमितबाट १२ जना पत्रकारको मृत्यु

नवलपुर टुडे
२०७८ बैशाख ३१ | मध्यान्ह ०२:०१ बजे

काठमाडौ । कोरोना संक्रमणबाट हालसम्म १२ जना पत्रकारले ज्यान गुमाएका छन् । देशभर सात सय ५० जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीका अनुसार हाल दुई सय ५० जना सक्रिय संक्रमित छन् । करिब ४० जना विभिन्न अस्पतालहरुमा उपचाररत छन् भने बाँकी होम आइसोलेसनमा छन् ।
उनले भने,‘अहिले सम्म १२ जनाको मृत्यु भएको छ, ६ जना सिकिस्त विरामी छन। उनीहरुको आइसियूमा उपचार भैरहेको छ।’ उनका अनुसार महासंघमा बनाएको अक्सिजन सहितको पाँच बेडको आइसोलेसन अहिले खाली छ ।
उनले पत्रकारहरुको उपचारमा अक्सिजनको अभाव हुन नदिन पहल गरिरहेको पनि सुनाए। ‘यो महामारीमा पनि विभिन्न सञ्चारमाध्यामले तलब नदिने,पत्रकारलाई निकाल्ने गरेका छन्,ती पत्रकारहरुलाई पुन: काममा फर्काउन, पारिश्रमिक दिनलाई पनि महासंघले पहल गरेको छ,’उनले भने ।























