बागमती प्रदेश

मनकामना अस्पतालमा गर्भवतीको मृत्यु भएपछि तनाव, चिकित्सकले लापरबाही गरेको आरोप

नवलपुर टुडे
२०८० साउन २० | बिहान ०९:०४ बजे

चितवन, साउन २० । चितवनको मनकामना अस्पतालमा गएराती गर्भवतीको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२६ घर भएकी ३२ वर्षीय नविना महतोको उपचारका क्रममा गएराति १२ बजेतिर मृत्यु भएको हो ।चिकित्सकले लापरबाही गर्दा तीन महिने गर्भवतीको मृत्यु भएको मृतकका आफन्तहरुले आरोप लगाएका छन् ।

अत्यधिक रक्तस्राव भएपछि गर्भवतीलाई उपचारको लागि बिहीबार अस्पताल ल्याइएको थियो । उनको हिजो दिउँसो अपरेशन भएको थियो । अस्पतालले हिजोराती अचानक विरामीको मृत्यु भएको खबर आफुहरुलाई दिएको पिडितहरुले बताएका छन् । गर्भवतीको मृत्यु भएपछि अस्पतालमा तनाव भएको छ ।

अस्पतालबाट लास निकाल्न जबरजस्ती हस्ताक्षर गराइएपछि अवस्था असहज भएको मृतकका देवर सन्तोष चौधरीले बताए । अस्पतालमा तनाव सिर्जना भएपछि राती १ बजेदेखि नै बाक्लो रुपमा प्रहरी परिचालन गरिएको छ । मृतकका आफन्तले अस्पतालको गेटमा चाबी लगाइएका छन् भने अस्पताल प्रशासन पिडितको कुरा सुन्न नआएको चौधरीले बताए । अस्पतालले आधिकारीक रुपमा घटना सार्वजनिक गरेको छैन ।

 

 

 
 

कमेन्टहरु