स्वास्थ्य

आँखा पाक्ने रोग देखिएपछि चितवनका विद्यालयमा दुई दिन बिदा

नवलपुर टुडे
२०८० साउन १९ | मध्यान्ह ०३:०४ बजे

चितवन, साउन १९ । आँखा पाक्ने रोगको संक्रमण फैलिन थालेपछि चितवनको खैरहनी नगरपालिकाले विद्यालयहरु बन्द गरेको छ । आँखा पाक्ने रोगको संक्रमण अत्यधिक हुन थालेपछि दुई दिन विद्यालय बिदा गरिएको हो ।

नगरपालिकाले आज एक सार्वजनिक सूचना जारी गरी आइतबार र सोमबार दुई दिन बिदा दिएको जनाएको हो । नगर शिक्षा अधिकारी राजु बानियाले विद्यालय आउने विद्यार्थीमध्ये ४० प्रतिशतमा आँखा पाक्ने समस्या देखिएपछि विद्यालय बन्द गरिएको जानकारी दिए ।

अहिले विशेषगरी बालबालिकामा फैलिएको आँखा पाक्ने रोग अर्थात् पिंक आई डिजिजलाई वर्षाको समयमा हुने आँखा रोग विशेषज्ञहरुले बताएका छन् ।

कमेन्टहरु