देश

रामग्राम नगरपालिकाका मेयर गुप्ताद्धारा कोभिड -१९ का बिरामीलाई घरदैलोमै सेवा

जगत ठाडा मगर
२०७८ बैशाख ३० | मध्यान्ह ०६:०१ बजे

ज्ञानेश्वर सहानी

नवलपरासी । पश्चिम नवलपरासी जिल्लाकाे रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले कोभिड १९ संक्रमती भई होम आईसोलेसनमा बसेका संक्रमीतहरुको घर घरमा पुगेर औषधी वितरण गर्ने कामको आजबाट थालनी गर्नुभएको छ ।

IMG 20210513 183235 620

नगरपालीकाले कोविड १९ संक्रमीत भई होमआईसोलेसनमा रहेका नगरपालीका भित्रका सबै बिरामीहरुलाई स्वास्थ्यकर्मीहरु मार्फत घरमै गई परामर्श दिने र औषधी सहित स्वास्थ्य सामाग्री बितरण गर्ने कामको वडा न. ४ बाट थालनी गरिएको हो ।

कोभिड १९ संक्रमती भई होम आईसोलेसनमा बसेकाहरुलाई आवश्यक पर्ने प्राथमिक औषधी (सिटामोल , जिकं चक्की , भिटामिट सि , भिटामिन बि टुवेल , जिवनजल आदी ) सहित मास्क र जनचेतना मुलक प्रचार सामाग्री लिएर नगर प्रमुख गुप्ता आफै संक्रमीतको घर घर पुगेपछि संक्रमीतले खुसी व्यक्त गरेका छन् ।

IMG 20210513 183229 502

नगर भित्र कोभिड १९ संक्रमती भई घरमै होम आईसोलेसनमा बसेका सवै संक्रमीतहरु लाई आवश्यक पर्ने न्युनतम औषधी र स्वास्थ्य सामाग्री वितरण गरिने योजना रहेको प्रमुख गुप्ताले जानकारी दिनुभयो ।

नगरप्रमुख गुप्ता सहित स्वास्थ्यकर्मी टोलीले संक्रमीत सबैको घर घरमा पुगेर विरामीको स्वास्थ्य अवस्था बारे जानकारी लिदै विरामीलाई आवश्यक औषधी र स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो ।

IMG 20210513 183252 787

नगरपालीकाले यस वाहेक होम होमआईसोलेसनमा बसेका संक्रमीतहरुलाई आवश्यकता अनुसार टेलिफोनबाट स्वास्थ्यकर्मी मार्फत परामर्श दिने गरी संक्रमीतलाई सेवा प्रवाह गर्ने व्यस्था समेत मिलाईएको नगरपालीका प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थीले जानकारी दिनुभयो ।

आजबाट वडा न. ४ का संक्रमीतको घरदैलोमा पुगेर औषधी र स्वास्थ्य सामाग्री बितरण भएपछि नगरपालीकाबाट गरिएको उक्त काम प्रशंसनीय रहेको र यस वाट कोभिड संक्रमीत बिरामीले राहतको महशुश गरेको वडा न. ४ का वडा अध्यक्ष मदन यादवले बताउनुभयो ।

यस अगाबै रामग्राम नगरपालीका वडा न–४ जितपुर स्थित पाल्ही बहुमुखी क्यापसको भवनमा नगरपालीकाले अख्सिजन सहितको २० शैयाको आईसोलेसन सेन्टर सञ्चालनमा आएपछि कोभिड बिरामीले सेवा लिदै आएका छन्।

कमेन्टहरु