माधव नेपालसहित एमालेका चार नेतामाथिको कारबाही फुकुवा

नवलपुर टुडे
२०७८ बैशाख ३० | मध्यान्ह १२:०१ बजे

काठमाडौं । नेकपा एमालेले माधव नेपालसहित चार नेतामाथिको निलम्बनको कारबाही फुकुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेकाे स्थायी कमिटी बैठकले कारबाही फुकुवा गरेकाे हाे ।
बैठकले नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथिको कारबाही फुकुवा गरेको छ ।पार्टीलाई एक बनाउन अध्यक्ष केपी शर्मा ओलीले कारबाही फुकुवाको प्रस्ताव राखेपछि बैठकले अनुमोदन गरेको हो ।
नेपाल समूहले समानान्तर गतिविधि गरेको र पार्टी निर्देशन उल्लंङ्घन गरेको भन्दै यसअघि उनीहरुलाई पार्टीबाट निलम्बन गरिएको थियो ।























