स्वास्थ्य

डेंगी नियन्त्रण गर्न कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण

नवलपुर टुडे
२०८० साउन १८ | मध्यान्ह ०६:०४ बजे

काठमाडौं, साउन १८ । सत्तारुढ दल नेपाली कांग्रेसले डेंगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै डेंगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘कोशी प्रदेशको धरान र आसपासका क्षेत्रमा हालसम्म डेंगीले दर्जनौंको ज्यान गइसकेको छ । उक्त रोगको संक्रमणका कारण सयौंको संख्यामा नागरिक सिकिस्त बिरामी छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘समाजमा यसको त्रास फैलिएको छ । बिरामीको उपचार गर्न, विशेष स्वास्थ्य रणनीतिका साथ महामारीलाई तत्काल नियन्त्रणमा लिनका साथै दीगो र प्रभावकारी समाधान खोजी जनतामा स्वास्थ्य सुरक्षाको प्रत्याभूति गर्न नेपाली कांग्रेस सरकारको ध्यानाकर्षण गराउँदछ ।’

साथै रोगबाट प्रभावित व्यक्ति, परिवार र समुदायको लागि मानवीय सेवामा जुट्न पार्टीका सदस्यहरूलाई कांग्रेसले आग्रहसमेत गरेको छ ।

12345

कमेन्टहरु