तस्कर, मधेश प्रदेश

बृन्दावन अवैध रुपमा नदी उत्खनन गर्ने ट्याक्टर प्रहरी नियन्त्रणमा

नवलपुर टुडे
२०८० साउन १८ | बिहान ११:०४ बजे

दिपेश कुमार शाह
रौतहट । रौतहटको नदीमा अवैध उत्खनन हुँदै आएको छ । बृन्दावन नगरपालिका अन्तर्गतका चाँदी नदी र बागमती नदीबाट अवैध रुपमा नदी उत्खनन गरिरहेको एउटा ट्याक्टर नियन्त्रणमा लिएको हो । बागमती नदीबाट अवैध रुपमा बालुवा लोड गरेर बिश्रामपुर तर्फ आउँदै गरेको ना ४ त ७०६५ नम्बर ट्याक्टर प्रहरी चौकी बिश्रामपुरका सहायक प्रहरी निरीक्षक उपेन्द्र प्रसाद यादवको सक्रियतामा नियन्त्रणमा आएको हो ।

नदी उत्खनन गर्ने ट्याक्टर प्रहरी चौकी बिश्रामपुरले नियन्त्रणमा लिएपछि ट्याकटर छुटाउन राजनिति दवाव आउन थालेको बताए । विभिन्न राजनीति दलका नेताहरुले ट्याक्टर छुटाउन दवाव कसिरहेको समाचार स्रोतले जनाएका छ्न । जती दवाव आएपनि पक्राउ परेका ट्याक्टरलाई कानुन अनुसार कारवाही हुने सहायक प्रहरी निरीक्षक यादवले बताए ।

हाल नदी जन्य पदार्थ निकासी बन्द रहेको भएपनि बृन्दावन नगरपालिका अन्तर्गतका नदीमा प्रत्येक दिन तस्कर समुहले चाँदी तथा बागमती नदीबाट वालुवा र गिट्टी तस्करी गर्दै आएको स्थानीय वासिन्दाले बताएका छन् ।

सो क्षेत्रमा पछिल्लो समय व्यापक रुपमा नदी जन्य बस्तुको अबैध ओसार पसार बढेको भएपनि सम्बन्धित निकायले त्यस तर्फ ध्यान नदिएको स्थानीय बासिन्दाको गुनासो छ ।

कमेन्टहरु