रोटरी क्लव अफ नवलपरासी र रामग्राम जेसीजले भरेर प्रशासनलाई थप १० वटा अक्सिजन सिलिन्डर हस्तान्तरण


नवलपपरासी, आज रोटरी क्लव अफ नवलपरासी र रामग्राम जेसिजले थप १० वटा खाली अक्सिजन सिलिन्डर भरेर जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीलाई हस्तान्तरण गरेकाे छन । प्रशासनले जिल्लाका उद्योगहरुबाट सङ्कलन गरेका खाली सिलिन्डरहरुमा विभिन्न संस्थाहरुले अक्सिजन भरेर दिने कार्यमा सहयोग गर्न थालेका छन् ।
सोमबार ५ वटा खाली भरेर हस्तान्तरण गरेको रोटरी र रामग्राम जेसिजले आज थप १० वटा अक्सिजन सिलिन्डर हस्तान्तण गरेको रोटरी क्बल अफ नवलपरासीका अध्यक्ष सुमन गोपाल आचार्यले जानकरी दिनुभयो । सिलिन्डर भर्न चारै तिरबाट मानिसहरु उद्योगमा पुग्ने गरेकाले चाप बढेको भन्दै रोटरीे क्लब र जेसीजले ५० वटा सिलिन्डर भर्ने जिम्मा लिएको रामग्राम जेसीजका अध्यक्ष चन्द्रमणी चौधरीले बताउनुभयो ।
जिल्लामा शव बहान नभएकाले आवश्यक परे रोटरी कल्बले शव वहान पनि उपलब्ध गराउने प्रतिवद्धता गरेकाे रोटरी कल्ब अफ नवलपरासीले जनाएको छ ।























