गण्डकी प्रदेशमा एकैदिन १६ जना कोरोना संक्रमितको मृत्यु


पोखरा । गण्डकी प्रदेशमा थप १६ जना कोरोना संक्रमितको ज्यान गएको छ । निर्देशनालयका अनुसार ज्यान गुमाउनेमा कास्कीका सातजना रहेका छन् । त्यस्तै तनहुँ र म्याग्दीका तीन तीन जनाको पनि ज्यान गएको छ । दाङ, गोरखा र बागलुङका एक–एकजनाको पनि मृत्यु भएको प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्माले बताएका छन् । मृत्यु हुनेमा नौजना महिला र सातजना पुरुष रहेका छन् ।
मृतकहरुले पोखराका विभिन्न अस्पतालमा उपचार गराईरहेका थिए । बागलुङका मृतकले भने धौलागिरी अञ्चल अस्पतालमा उपचार गराईरहेका थिए । निर्देशनालयका अनुसार प्रदेशमा पछिल्लो २४ घण्टामा मात्र ९४१ जना नयाँ संक्रमित थपिएका छन । ती मध्ये सबैभन्दा कास्कीमा २५१, बागलुङमा २३५ र स्याङजामा १६८ जना रहेको निर्देशनालयको भनाई छ ।
प्रदेशमा सबैभन्दा बढी सक्रिय संक्रमित रहेको जिल्ला कास्की बनेको छ । कास्कीमा अहिले संक्रमितको संख्या ३५०२ पुगेको छ भने गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०४ पुगेको प्रदेशको स्वास्थ्य निर्देशनालयले बताएको छ ।























