गलत समाचार सम्प्रेषणप्रति शिवराज नगरपालिकाले गर्यो प्रेस विज्ञप्ति जारी


कपिलवस्तु, साउन १४ । शिवराज नगरपालिका भित्र रहि संचालन रहेको न्यूज सेन्टर नेपाल डटकमले गलत सूचना प्रकाशित गरेको प्रति शिवराज नगरपालिकले जारी गरेको प्रेस विज्ञप्ति जारी गरेको छ ।
प्रेस विज्ञप्तिमा न्यूज सेन्टर नेपाल डटकमका सम्पादक शनिउल्ला धोबीले सत्य, तथ्य नबुझी मनगढन्ते ढंगले समाचार सम्प्रेण गरिएको आरोप लगाउदै सत्य, तथ्य बुझि पत्रकार आचार संहिताको पूर्ण पालना गरी जन मानसमा समाचार प्रेसित गर्न ध्यानकार्षण गरिएको छ । प्रेस विज्ञप्तिमा समाचार सम्प्रेसित गर्दा सत्य तथ्यमा आधारित भई समाचार प्रेसित गर्दा समाजमा सकारात्मक सन्देश हुने र गलत र भ्रामक समाचारले नागरिकले प्राप्त गर्ने सूचनाको मौलिक हकलाई कुण्ठित हुने जनाइएको छ ।
शिवराज नगरपालिकाद्वारा संचालित आधारभूत अस्पतालको प्रमुखको जिम्मेवारीमा रहेका स्वास्थ्यकर्मी लेखनाथ पौडेलले मिति २०८०।०४।१२ गते शुक्रवार राती अन्दाजी १०:३० बजेको समयमा मदिरा सेवन गरी अस्पताल परिसरभित्र आई त्यहाँ कार्यरत दुई जना महिला स्वास्थ्यकर्मी माथी अपशब्द प्रयोग गरेको र दुर्व्यहार गरेको विषयमा पीडितले प्रमुख प्रशासकीय अधिकृत समक्ष उपस्थित भई न्याय र सुरक्षा प्रत्याभूती गराई दोषी उपर कारवाही गरि पाँउ भनि लिखित उजुरी दिएका थिए ।
नगरपालिकाले समिति गठन भई आवश्यक कारबाही प्रक्रिया अगाडी बढेको सन्दर्भमा शनिउल्ला धोबी (Saniulla Dhobi) सम्पादक रहेको न्यूज सेन्टर नेपाल डटकम (newscenternepal.com) नामक अनलाइनले मिति २०८०।०४।१४ गते “शिवराजमा महिला कर्मचारी माथी बलात्कार प्रयास” शीर्षक राखी प्रकाशन गरेको समाचारमा शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा र प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले घटना लुकाएको भनि तथ्यहीन र मनगढन्ते समाचार प्रकाशन गरेको प्रति यस नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत गलत समाचारको भर्त्सना गरिएको छ ।
























