मधेश प्रदेश

श्रीराम सुगर मिल्स लिमिटेड गरूडाको जग्गा बिक्री रोक्न राजनीति दल र संघसंस्थाको निर्णय

नवलपुर टुडे
२०८० साउन १२ | बिहान १०:०४ बजे

दिपेश कुमार शाह
रौतहट । श्रीराम सुगर मिल्स लिमिटेडको जग्गा बिक्री सम्बन्धी चलखेल रोक्न उखु उत्पादक संघ गरुडाले निर्णय गरेको छन । रौतहटको उखु किसानको ठूलो धरोहरको रुपमा रहेको श्री राम सुगर मिल्सको जग्गा सम्बन्धित निकायसँग सहयोग लिइ बिक्रीमा रोक लगाउने निर्णय भएको ऊखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवले बताए ।

अध्यक्ष यादवको अध्यक्षतामा गरूडामा भएको सर्वदलिय बैठकले श्रीराम सुगर मिल्स (चिनी मिल मेसिन) र जग्गा समेत बिक्री गर्न नदिने निर्णय गरेको हो । मिल्स व्यवस्थापन पक्षबाट विभिन्न किसिमको चलखेल पहिलादेखी भइरहेकोले रौतहटको किसान र व्यवसायी मिलेर यसलाई रोक्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउने अध्यक्ष यादवले जानकारी दिए ।

स्थानीय सरकार, उखु उत्पादक संघ, उद्योग वाणिज्य संघसहित विभिन्न संघसंस्था, विभिन्न राजनीतिक दलको नेता, युवा, किसान, समाजसेवीले रौतहटका धरोहर श्रीराम सुगर मिल्सलाई बचाउनको लागि एकजुट हुन आह्वान गर्ने बैठकले निर्णय गरेको यादवले बताए ।बैठकमा नेपाली कांग्रेसका नेता सुनिल कुमार यादव, नेकपा एसका नेता वृज किशोर यादव, नेकपा एमालेका नेता रामजी साहसहितका गरुडा नगरपालिका सबै वडा अध्यक्ष, स्थानीय समाजसेवी, व्यापारीको उपस्थिति रहेको थियो ।

photo 1 2023 07 28 10 36 12 photo 4 2023 07 28 10 36 12 photo 2 2023 07 28 10 36 12 photo 3 2023 07 28 10 36 12 photo 5 2023 07 28 10 36 12

कमेन्टहरु