देश

नवलपुरमा कोरोना संक्रमितको कारणले २४ घण्टामा ३ जनाको मृत्यु

नवलपुर टुडे
२०७८ बैशाख २५ | बिहान ०९:०१ बजे

कावासोती । नवलपुरका ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । तीनै जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा कावासोती नगरपालिका वडा नं २ का ६३ बर्षका पुरुष, कावासोती ८ की ५२ बर्षकी महिला र मध्यबिन्दु नगरपालिका वडा नं.१२ का ७० बर्षका पुरुष रहेको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

यो सँगै ०७८ बैशाख यता कोरोनाका कारण ज्यान गुमाउनेको संख्या नवलपुरमा १० पुगेको छ भने अहिलेसम्म ४२ जनाको मृत्यु भईसकेको छ ।

हिजो पनि नवलपुरको गैंडाकोट र कावासोतीका २ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । २ दिनमा ५ जनाको मृत्यु भएको छ ।

कमेन्टहरु