मनोरन्जन

प्रमोद अग्रहरीको मुख्य भुमिका रहेको नेपाली सिनेमा ‘अदृश्य’ को सस्पेन्स थ्रिलर ट्रेलर सार्वजनिक

नवलपुर टुडे
२०८० साउन ९ | मध्यान्ह ०७:०४ बजे

काठमाडौ, साउन ९ । बहुचर्चित अभिनेता प्रमोद अग्रहरी, रिस्ता बस्नेत र सोहीत मानन्धरको मुख्य भुमिका रहेको नेपाली सस्पेन्स थ्रिलर सिनेमा ‘अदृश्य’को ट्रेलर सार्वजनिक गरिएको छ । देशमा भईरहेको हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराधलाई लिएर छायांकन गरिएको उक्त सिनेमाको ट्रेलर २ मिनेट १३ सेकेण्ड लामो रहेको छ । 

समाजमा घटिरहेको घटनामा आधारित यो सिनेमाको सार्वजनिक ट्रेलरले सत्ता र शक्तिको आडमा कसरी अपराधीले अपराधलाई अन्जाम दिन्छ र कानुनको गलत प्रयोग गरेर सजिलै कसरी उम्किन्छन् भन्ने देखाइएको छ । यस सिनेमामा प्रल्हाद काफ्लेले डेव्यु निर्देशन गरेका छन् भने निर्माण भएको सिनेमामा मिना बस्नेत र उमारुद्रा काफ्लेको लगानी रहेको छ । रविन अधिकारी र रिकेश खत्री सिनेमाका सह-निर्माता हुन् ।

पिताम्बर फिल्म्सको प्रस्तुतीमा निर्माण गरिएको उक्त सिनेमामा प्रमोद र रिस्ताका अलवा सोहित मानन्धर, प्रविन खतिवडा, छुल्ठिम गुरुङ, रवी गिरी, सिएम भारद्धाज सुवेदी, विकेश प्रजापती, गीत बिष्ट, सुरज बिष्ट, जसिता घिमिरे, सन्दीप बाबु लोहनी, रुपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मी, रुपेश थापा, अभिमान सिंह बस्नेत र प्रतिक भुजेल लगायतका कलाकारको अभिनय रहेको छ ।

राकेश रनपालको कथा रहेको सिनेमामा आकाश उखेडाको पटकथा तथा संवाद रहेको छ भने उत्तम हुमागाई र मोहन कुमार झिल्लुको छायांकन, विशाल पौडेलको संगीत, शिशिर खातीको कोरियोग्राफी, मुकेश शाहको पाश्र्व संगीत, निशान घिमिरेको कलर, बनिश शाहको सम्पादन रहेको छ ।

सिनेमाका प्रोडक्सन म्यानेजर प्रकाश बुढाथोकी र दिलिप पन्त हुन् ।  उक्त सिनेमालाई आरआर फिल्मस्ले वितरण गर्ने भएको छ ।

कमेन्टहरु