बाढी/पहिरो

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध, सुरुङमार्गको पोर्टल नै भत्कियो

नवलपुर टुडे
२०८० साउन ९ | मध्यान्ह ०५:०४ बजे

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । निर्माणधीन सुरूङमार्गको ‘पोर्टल’ मै पहिरो खसेको हो ।

गएरातिदेखि परेको अविरल वर्षासँगै झरेको पहिरोले तल्लो सिद्धबाबा क्षेत्रमा बन्दै गरेको सुरुङमार्ग पुरिएको हो ।तल्लो सिद्धबाबा क्षेत्रमा निर्माण थालिएको टनेलमा पहिलो ठूलो क्षति पुगेको छ । आकार लिएको सुरूङमाथि पहिरो झरेको हो ।

सुरूङमार्गमा दैनिक ८० जना कामदारले काम गर्दै आएका छन् । पाल्पाको तिनाउ गाउँपालिका- ३, सिद्धबाबा क्षेत्रमा सुरूङमार्ग निर्माण थालिएको थियो । पहिरोले सुरूङको टनेल पूरै पुरिदिएको आयोजनाले जनाएको छ ।

सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकको सिद्धबाबा क्षेत्रमा माथिबाट खस्ने पहिरोले बर्सेनि हिउँद र वर्षा जहिलेसुकै समस्या हुने गर्छ ।

 

कमेन्टहरु