कोरोना संक्रमणबाट कपिलवस्तुमा २ जना प्रधानाध्यापकको एकैदिन मृत्यु

नवलपुर टुडे
२०७८ बैशाख २५ | बिहान ०९:०१ बजे

कपिलवस्तु । कोरोना संक्रमणका कारण कपिलवस्तुमा एकैदिन २ जना प्रधानाध्यापकको निधन भएको छ । जिल्लाको शिवराज नगरपालिकामा अवस्थित फपुरी इंग्लिस बोडिङ स्कुलकी प्रिन्सीपल फराह चौहान र गोल्डेन पार्क चिल्ड्रेन्ज एकेडमीका प्रिन्सीपल गोपाल पाठकको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुले जनाएको छ ।
स्व.गोपाल पाठक कपिलवस्तु नीजि तथा आवासिय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का सचिब समेत थिए । यसैबीच जिल्ला सचिव र एक जना प्रिन्सिपलको कोरोनाका कारण ज्यान गएपछि प्याबसन जिल्ला कमिटि स्तब्ध भएको जनाएको छ ।
उनीहरु दुवैको शिवराज नगरपालिकाले तयार पारेको आइसोलेसनमा निधन भएको हो । शिवराज नगरपालिका ५ निवासी ३६ वर्षिय पाठकको शुक्रबार बिहान ९ बजे निधन भएकोमा फपुरीकी प्रिन्सीपल फराह चौहानको पनि शुक्रबार बिहान १० बजे शिवराजकै आइसोलेसनमा मृत्यु भएको बताइएको छ ।























