देश

समाजसेवी गुप्ताद्वारा नेपाल प्रहरी चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

जगत ठाडा मगर
२०७८ बैशाख २४ | मध्यान्ह ०७:०१ बजे

ज्ञानेश्वर सहानी

नवलपरासी / पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउपालिका वडा न; ०३ बस्ने मोहित सर्जिकल सप्लायर्सका सन्चालक तथा युवा तथा सामाजिक अभियन्ता गुड्डु गुप्ताले सीमा प्रहरी चौकी महेशपुरमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।

IMG 20210507 194606 507

आज पाल्हिनन्दन गाउपालिकाको सीमा प्रहरी चौकी महेशपुरमा १० पि० सेनेटाइजर , १०० पि० मास्क र ५ पिस फेस स्लाइड लगायतको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन ।

दोस्रो चरणको कोरोनाको महामारी विश्व लगायत नेपालमा पनि अति नै डर लाग्दो अवस्थामा पुगी सकेको तथा प्रहरीहरु प्रत्यक्ष रुपमा धेरै नै खतराको सामना गर्नुपर्ने भएकोले स्वास्थ्य सामग्रीको प्रयोगबाट सुरक्षित भएर आफ्नो भूमिका निर्वाह गर्न हस्तान्तरण गरीएको गुड्डु गुप्ताले जानकारी दिएका छन् ।

IMG 20210507 194604 382

यस अघि पनि उनी पाल्हिनन्दन गाउपालिकाकाको सिद्धार्थ मा०वि० कुश्मा, हरपुर मा०वि० हरपुर , बाल शिक्षा निकेतन मा०बि० सुनरि, राजनरायण मा० बि० गेरमी , राधाकृष्ण मा०बि० विष्णुपूरा , शुकदेव मा०बि० सनइ , जनता मा०बि० लोहरौली र जनता प्रा०बि० बेलासपुर लगायतका पालिकाका सबै माध्यमिक विद्यालयहरुमा २४ पि० सेनेटाइजर र १५० पि० मास्क लगायतको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए ।

यस अभियानमा पत्रकार रन्जीत शर्मा,ज्ञानेश्वर सहानी र विनोद निगम लगायतको सहयोग र सहभागिता रहेको छ ।

कमेन्टहरु