भ्रष्टाचार, मधेश प्रदेश, मुख्य समाचार
कहाँ छ अख्तियार ? कहाँ छ सम्पति शुद्धिकरण विभाग ? करोडौं करोडको सम्पत्ति कसरी जोडे लेखा अधिकृत उपेन्द्र यादव ?


वीरगंज ७ साउन। यातायात व्यवस्था कार्यालय सवारी शाखामा कार्यारत्त लेखा अधिकृत उपेन्द्र यादवले जागिरको सानै अवधिमा करोडौं करोडको सम्पत्ति जोडे पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण विभागको ध्यान नजांदा सचेत नागरिकहरु आश्चर्यमा परेका छन् ।
रौतहट जिल्ला निवासी अधिकृत यादवले पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा कार्यरत्त रहदां भ्रष्टाचार गर्दै केही खेतिहर जमिन र आलिशान महल जोडन सफल भए । उनी पर्सागढी नगरपालिका वडा नं. ३ बढनिहारमा बनाएको घरको तस्विरमा पलास्टर नभए पनि बिगत केही महिना पहिले पलास्टर पनि गराईसकेका छन् ।
अर्को घर उनी वीरगंज महानगरपालिका वडा नं. १५ भिस्वामा बनाउन सफल भएका छन् । भ्रष्ट अधिकृत यादवले सानै अवधिमा दुई वटा घर, ग्रामीण भेगमा खेतिहर जमिन र वीरगंजको दुई÷तीन ठाउंमा घडेरीहरु उनी आफ्ना विश्वासपात्र आफ्न्तहरुको नाममा किनेको उनका निकटवर्तीहरु बताउंदछन् ।
हाल उनी सवारी शाखाको लेखा शाखामा लुटतन्त्र मच्चाउदै आफ्ना सहायकहरु मार्फत सेवाग्रहीहरु संग नगदी रसिद काटने नाउमा रु. ५०÷१०० असुल्ने गर्ने गराउने गरेको भुक्तभोगीहरु बताउंदछन् । सो कार्यालयमा जाने सेवाग्रहीहरु बैंकमा राजस्व जम्मा गरी लेखा शाखामा नगदी रसिद कटाउन जांदा बाध्यतावस बैंकको ओसी भौचरमा रुपैया बेरेर दिने गरे पछि मात्र सहायकहरुले नगदी रसिद काटने गरेको बताईन्छ ।
लेखा शाखामा कार्यरत्त कर्मचारीहरु केही करारमा रहेका छन् भने केही बेतल्बी रहेका छन् । यतिमात्र कहां हो र ? नयां सवारी दर्ता, नामसारी र बिमा बिनाको सवारी नविकरण लगायतको कार्यहरुमा लेखा शाखालाई सानो सवारी शाखा, ठुलो सवारी शाखा लगायतकाले सवारी धनीहरुलाई भनि निश्चित रकम दिन लगाउने गरेको सेवाग्रहीहरु बताउंदछन् ।























