देश

सत्तारुढ एमालेभित्रको बिबाद उत्कर्षमा, माधब केपि राष्ट्रपती निबास धाउदै

नवलपुर टुडे
२०७८ बैशाख २४ | बिहान ०८:०१ बजे

काठमाण्डाै । सत्तारूढ एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिहीबार अलगअलग भेट गरेका छन ।

यसअघि राष्ट्रपति भण्डारीले पटकपटक बोलाउँदा पनि राष्ट्रपति कार्यालय नगएका नेता नेपाल बिहीबार साँझ त्यहाँ गए । भेटमा पार्टीभित्रको विवादका बारेमा भलाकुसारी भएको स्रोतले बतायो । नेता नेपालले पार्टीको विवाद मिलाउन ओलीले गरेका निर्णय सच्याउनुपर्ने बताएका थिए । विपक्षी दलका नेता शेरबहादुर देउवालाई भेटेर नेता माधवकुमार नेपाल सिधै शीतल निवास पुगेका थिए ।

नेता माधवकुमार नेपाल शीतल निवासबाट बाहिरिए लगत्तै केपि ओली शितल निबास पुगेका थिए । स्थायी कमिटी बैठक सकिएपछि दिउँसो शीतल निवास गएका ओली साँझ पनि राष्ट्रपतिलाई भेट्न पुगे । प्रधानमन्त्री ओली मन्त्रिपरिषद्को बैठक सकेर साँझ राष्ट्रपतिलाई भेट्न शीतल निवास गएका हुन् । साँझको भेटमा एमालेभित्रको विवादबारे कुराकानी भएको राष्ट्रपति निकट स्रोतको दाबी रहेको छ ।

कमेन्टहरु