कपिलवस्तुकाे महाराजगंजमा २५ बेडको आईसोलेशन सेन्टर सञ्चालन एम्बुलेन्स तयारी अवस्थामा


कपिलवस्तु । बिश्वब्यापी रुपमा बढीरहेको कोभिड-१९ बिरुद्ध लडने बिभिन्न रणनिति अपनाउदै आएको कपिलबस्तुको महाराजगंज नगरपालिकाले आज देखी २५ बेडको आईसोलेसन सेन्टर शुरु गरेको छ । महाराजगंज नगरपालिकाको वडा नं ७ मा संचालित कुशहवा स्वास्थ्य चौकीमा १५ बेड आक्सिजन सहितको आईसोलेशन सेन्टर सञ्चालन भएको महाराजगंज नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत वेद प्रसाद खरेलले जानकारी दिनु भयो ।

महाराजगंज नगरपालिकाले कुशहवा स्वास्थ्य चौकीको भवनमा स्थापना गरेको आईसोलेशन सेन्टर आज नगरपालिकाको नगर प्रमुख अब्दुल कलामले रिबन काटेर उदघाटन गर्नु भएको छ । आईसोलेशन सेन्टरको उदघाटन गर्दै नगर प्रमुख कलामले बिगत जस्तै बिपदको यो संकटग्रहको क्षणमा सबैले आफु बचौ र अरुलाई बचाऔ भन्ने मुलमन्त्रका साथ सबैले सहयोग गर्नु पर्ने बताउनु भयो ।

महाराजगंज नगरपालिका वडा नं १० हर्दौना स्वास्थ्य चौकीको भवनमा स्थापना गरिएको आईसोलेशन सेन्टरको उदघाटन गरिएकोछ । महाराजगंज नगरपालिकाको नगर प्रमुख अब्दुल कलाम तथा जिल्ला कोभिडसंकट ब्यवस्थापन समितिको अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले संयुक्त रुपमा रिबन काटेर ब्यानर अनावरण गरि उदघाटन गर्नु भएको छ ।

नगरवासीहरुमा कोरोनाको नया भेरियन्ट फैलिन नदिन तथा यसको रोकथाम नियन्त्रण तथा उपचार तथा ब्यवस्थापनलाई प्रभावकारी बनाउन नेपाल सरकार,प्रदेश सरकार तथा स्थानिय सरकारले आ-आफ्नो दायित्व बोध गर्दै अघी बढनुपर्ने तथा शुरु भएका आईशोलेशन सेन्टर बाट वास्तविक रुपमा सेवा प्रवाह हुने प्रमुख प्रशासकीय अधिकृत खरेलले बिश्वास ब्यक्त गर्नु भयो ।

आईशोलेसन सेन्टर उदघाटन कार्यक्रममा महाराजगंज नगरपालिकाको नगर प्रमुख प्रशासकीय अधिकृत,वडा अध्यक्ष तथा स्वास्थ्य संयोजकको उपस्तिथी रहेको थियो । नगरपालिकाले सञ्चालन गरेको आईसोलेशन सेन्टरको लागी अतिरिक्त कर्मचारी ब्यवस्थापन गरिएको प्रमुख प्रशासकीय अधिकृत खरेलले जानकारी दिनु भयो ।

नगरपालिकाद्धारा सञ्चालन गरिएको दुबै आईशोलेसन सेन्टरमा आक्सिजन सहितका बेड ब्यवस्थापन गरिएको महाराजगंज नगरपालिकाको नगर स्वास्थ्य संयोजक ईश्वरी न्यौपानेले जानकारी दिनुभयो । त्यसै गरि नगरपालिका भित्र रहेको एम्बुलेन्स तयारी अवस्थामा रहेको को संयोजक न्यौपानेले बताउनु भयो ।























