देश

प्रधानमन्त्री आत्तिदै रातारात माधवलाई फोन गरेर मागे हारगुहार, बालुवाटारमा ठूलो भुईँचालो

नवलपुर टुडे
२०७८ बैशाख २३ | बिहान १०:०१ बजे

काठमाडौ । वरिष्ठ नेता माधव कुमार नेपाल समूहलाई तह लगाउने अभियान चलाएका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले मध्ये राती सुटुक्क नेता नेपाललाई टेलिफोन गरेर भेट्न बोलाएको खुलेको छ । प्रधानमन्त्री ओली अप्ठ्यारो परेपछि के सम्म गर्छन भन्ने पछिल्ला घटनाक्रमले छर्लङ देखाइरहेको बेला उनले नेता नेपाललगायतका नेताहरूलाई फोन गरेर हारगुहार मागेको समेत खुलेको छ ।

पहिले पनि अफ्ठेरोमा परेपछि आफैले पहल गर्ने ओलीले अहिले पनि आफैले नेता नेपाललाई फोन गरेर संवादका लागि आग्रह गरेको खुलेको छ । उनले पार्टीको विवादलाई अहिलेको परिस्थितिमा थाती राखौँ मिलेर जाऔँ भन्दै फोन प्रस्ताव गरेको स्रोतको दाबी छ ।

नेपाल समूहलाई पेलेरै तह लगाउने नीति अख्तियार गरेका ओले अहिले भने उनै नेपाललाई टेलिफोन गरेर मिलेर जान सकिने आसय ब्यक्त गरेका छन् । दुई साता अघि ओलीले नेता नेपालसँग भेटेरै छलफल गरेपनि आफ्नो अडानबाट टसमस नभएका ओली अहिले भने अडान छाड्न सक्ने संकेत दिएका छन् । माधव समुहले ओलीलाई प्रधानमन्त्रीबाट हटाउन जे पनि सामुहिक राजिनामा दिनसक्ने गरी समुहमा छलफल गरेपछि ओली समूह तनावमा देखिएका छन् ।

माधव समुहले सामुहिक राजीनामाको छलफल चलाएपछि बालुवाटारमै पनि ओली पक्षका नेताहरूले नेता नेपालसँग छलफल गर्न आग्रह गरिरहेको बताइएको छ । अहिले अत्यन्त दवावमा रहेका ओलीले नेपाललाई भेट्न बालुवाटार बोलाएको पनि नेता नेपाल समुहका एक नेताले बताए । तर नेपालले अहिले भेटघाट गर्नुको औचित्य नरहेको जवाफ फर्केका थिए ।

नेता नेपालले अब सहमति गर्नसक्ने एउटामात्र सम्भावना रहेको भन्दै पहिला फागुन २८को निर्णय सच्याएर फोन गर्न आग्रह गरेको बताईएको छ । उक्त निर्णय सच्चाएपछि मात्र कुराकानी तथा भेटघाट गर्न सकिने नेपालको जवाफ थियो । ओलीले भने अहिले आफूलाई साथ् दिए बैसाख २७ पछि पार्टीबारे निर्णय गर्न सकिने बताएका थिए ।

प्रधानमन्त्री ओलीले फोन गरेर सहयोगको प्रस्ताव गर्नुभएको रहेछ नेपाल कमरेडले फागुन २८ को निर्णय सच्याएर फोन गर्नुहोला सोच्न सकिन्छ भन्नुभएछ नेता नेपाल निकट एक नेताले बताए ।

यसबारे नेपालले आफूनिकट केहि नेताहरूलाई ब्रिफिङ समेत गरेका थिए । नेताहरूसँग नेपालले सचेत रहन र प्रलोभनमा नपर्न समेत आग्रह गरेक थिए । नेता नेपालले ब्रिफिङमा सत्ता टिकाउनका लागि ओलीले विभिन्न प्रलोभन दिनसक्ने बताएका थिए ।

प्रधानमन्त्री ओलीको घमण्ड सिध्याउन उनलाई सत्ताबाट हटाउन जरुरी रहेको भन्दै नेपाल पक्षका सांसदहरूले सामूहिक राजीनामा दिएर ओली सरकार जसरी पनि ढाल्ने योजना बनाएको खबरले बालुवाटारमा भुईँचालो नै गएको छ ।

ओलीका आस्वासनमा नपर्ने र सामुहिक राजिनामा दिने निर्णय भैसकेको भन्दै केहि सांसदले बालुवाटार निकट नेताहरूसँग कुरा गरेपछि बालुवाटार अहिले कम्प्रोमैज गर्ने मुडमा पुगेको बुझिएको छ । नेपाल समुहको यो निर्णयपछि बालुवाटार निकट सफ्टलाइनर नेताहरूले ओलीले कम्प्रोमाइज गरेरै भएपनि उनीहरूलाई फकौनुपरने भन्दै दवाव दिएको बुझिएको छ ।

कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको कहानी सुनाउँदै नेताहरूले कहलेकाहीं नेतृत्वले पनि कम्प्रोमाइज गर्नुपर्ने बताएका थिए । नेपाल पक्षका नेताहरूलाई पार्टी भन्दा बाहिर राखे झन् खतरा हुने भन्दै विवाद मिलाउन पहल गर्न ओलीलाई नेताहरूले दवाव दिएका छन् ।

कमेन्टहरु