देश

पुर्बी नवलपरासी स्थित कावासोतीमा कोरोना संक्रमणले ६३ वर्षीय पुरुषको मृत्यु

नवलपुर टुडे
२०७८ बैशाख २३ | बिहान ०८:०१ बजे

कावासोती । पुर्बी नवलपरासी नवलपुरको कावासोती नगरपालिका वडा नं ८ का ६३ वर्षीय पुरुषको कोरोना संक्रमणको कारणले मृत्यु भएको छ ।

गत वैशाख २० गते मध्यविन्दु जिल्ला अस्पतालमा पिसिआर परिक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमण देखिए पछि होम आईसोलेसनमा रहेको उनको बिहिवार राती मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिएका छ्न ।

पुर्बी नवलपरासीमा यो सँगै जिल्लामा कोरोना संक्रमणले मृत्युु हुनेको संख्या ३८ पुगेको छ ।

कमेन्टहरु