देश

लुम्बिनी प्रदेश बुटवलमा बिरामीलाई अब निशुल्क अक्सिजन

नवलपुर टुडे
२०७८ बैशाख २३ | बिहान ०८:०१ बजे

बुटवल । लुम्बिनी प्रदेश बुटवलमा बिरामीलाई अब निशुल्क अक्सिजन सुबिधा दिने भएको छ । विरामीलाई निशुल्क अक्सिजन उपलब्ध गराउने योजनासहित बुटवलमा अक्सिजन बैंक स्थापना गरिएको छ । बुटवल उपमहानगरपालिकाले उपमहानगरपालिकाभित्र आइसोलेसनमा रहेका संक्रमितका लागि लक्ष्य गरी निःशुल्क अक्सिजन सेवा सुरुआत गरेको हो ।

उपमहानगरले बनाएको आइसोलेसन, होटल आइसोलेसन तथा आफ्नै घरमा आइसोलेट भएका संक्रमितलाई स्वासप्रश्वासमा समस्या भएका तत्काल स्वास्थ्यकर्मीसहितको टोली अक्सिजन लिएर पुग्नेछ । उपमहानगर कार्यालय परिसरमा अक्सिजन सिलिण्डर, सिलिण्डर बोक्ने गाडी, बिरामी बोक्ने एम्बुलेन्स र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको र आइसोलेशनबाट सूचना आउँदा साथ परिचालन हुनेगरि व्यवस्था मिलाइएको नगरप्रमुख शिवराज सुवेदीले बताए ।

होम आइसोलेसनमा बसेका संक्रमितलाई तत्कालै अक्सिजन मात्रै भए पनि स्वास्थ्य अवस्था नबिग्रने देखिएपछि अक्सिजनको व्यवस्था गर्न लागिएको नगर प्रमुख सुबेदीले बताएको छ । आवश्यक प्रक्रिया पूरा गरेर अक्सिजन उपलब्ध गराउने र स्वास्थ्यकर्मीलाई समेत घरमै पठाइनेछ ।

कमेन्टहरु