तस्कर, भ्रष्टाचार, मधेश प्रदेश, समाचार

पर्साको ग्रामीण नाका महादेवपट्टीबाट सशस्त्र प्रहरीको सेटिंगमा तस्करी, तस्करहरु रजगज सशस्त्र प्रहरी निरीक्षक ढुंगाना मालामाल

रंजित चौरसिया
२०८० साउन ३ | मध्यान्ह ०५:०४ बजे

मेघराज राय,पर्सा ३ सावन। पर्सा जिल्लाको ग्रामीण सीमा क्षेत्रबाट हुने तस्करी नियन्त्रण गर्ने जिम्मेवारी पाएको सशस्त्र प्रहरीकै संरक्षणमा पर्साको ग्रामिण क्षेत्रमा विभिन्न नाकाहरू बाट तस्करी बढेको छ। सशस्त्र प्रहरीले जिल्लाको सदरमुकाममा कडाई गरेजस्तो देखिएपनि ग्रामीण क्षेत्रमा तस्करीमा कुनै कमी आएको छैन। सानोतिनो सामानहरु पक्राउ गरेर केही काम देखाउन खोजेपनि संस्थागत तस्करी भने रोकिएको छैन ।

पर्सा जिल्लामा खुला सीमाना भएकाले तस्करहरुलाई अबैधरुपमा सामान नेपाल भित्राउन सहज भएको छ । सशस्त्रले दैनिक सानोतिनो सामान बरामद गरेको देखाएर ठूलो परिमाणमा सेटिंग मिलाएर दिउँसो रातीको समयमा समानहरु नेपाल भित्रिने गरेको छ ।

पर्साको बिरगंज मुल भन्सार नाकाबाट अबैध सामान आउन कडाई भएको कारणले तस्करहरुले सोनाकाको प्रयोग गर्न र सामान भित्राउने गरेकोमा आजभोली सो नाकाबाट नभई पर्साको ग्रामीण नाकाबाट भारतीय अबैध सामान पर्साको ग्रामिण नाकाहरू महादेवपट्टि, भिस्वा ,जानकीटोला,दसावता,पाण्डेपुर, मालीबस्ती, बिजयबस्ती र ठोरी लगायतका नाकाहरुबाट सामान अबैधरुपमा भित्राउने गरिएको पाइएको छ । सशस्त्र प्रहरी मिलेमतोमा भारतिय अबैध सामानहरू पर्साका ग्रामिण क्षेत्र सम्म ल्याएर सो क्षेत्रबाट करिब २०÷२५ वटा मोटरसाईकलको प्रयगो गरेर सामानहरु नेपालका ,बिरगंज, चितवन,बाराका जितपुर,सिमरा, काठमाडौं, लगायतका ठाउँहरुमा पुर्याउने गरिएको छ ।

नेपाल भारत सीमा नाकामा नेपाल प्रहरीको चौकीहरु भएपनि रातभरी मोटरसाईल ओहोरदोहोर गर्दा समेत कुनै नियन्त्रण गरेको छैन । नेपाल प्रहरीका चौकी इन्चार्जहरुको मिलेमतोमा समेत तस्करी मौलाईरहेको छ । एक स्थानीय बासिन्दाका अनुसार सशस्त्र प्रहरी र नेपाल प्रहरीले पनि ‘नयाँ जोगीले बढी खरानी घसेझै’ नयाँ नयाँमा बढी हल्ला गरेको जस्तो देखिएको छ । केही स्थानबाट तस्करी गरेको सामान समातेजस्तो गर्ने तर निश्चित नाकाबाट तस्करी संस्थागत गर्ने काम भएको स्थानीयको आरोप रहेको छ ।

तस्करहरुले पर्साको ग्रामीण नाकाको जिराभवानी गाउँपालिका वडा नं. १ को बलुवा नाका बढी उपयोग गरेका छन। गाउँका मानिसहरु सबै रात्री सुतिसकेपछि महादेवपट्टीको नाका प्रयोग गरेर बलुवाटोलमै भन्ने स्थानमा झारेर सामान तस्करी भएको स्थानीयको भनाई छ । उता महादेवपट्टी, जानकीटोलको दसौवता र पाण्डेपुरको नाका बाट दिन्हु जसो साँझ ६ बजेदेखिनै भारतीय सामान चिनी,बोइलर कुखुरा ,सेतो अन्डा , भारतिय मल , हाडवेयर, किराना समाग्री,राङ्गा भैसी लगाएतको बस्तुहरु नेपालमा तस्करीका लागि ल्याएर सामानहरु थुपार्न शुरु हुन्छ ।

महादेवपटीको नाका भैंसी तस्करहरु प्रतेक आईतवार र बिहिवार लाग्ने जगरनाथपुर पशुहाट बजारमा दुइने भैंसी लगाएत पाडा पाडी भारतबाट खरिद गरि अबैध रुपमा नेपाल भित्रीयाई विभिन वडा अध्यक्षहरुको सिपारिस बनाई जगरनाथपुर गाउँपालिकाको पशुहाट बजारमा लग्ने गरेको पाईएको छ ।

कमेन्टहरु