देश

कपिलवस्तुकाे महाराजगन्जमा निषेधाज्ञाकाे दोस्राे दिन थप कडाइ (फाेटाे सहित)

नवलपुर टुडे
२०७८ बैशाख २२ | मध्यान्ह ०५:०१ बजे

कपिलवस्तु । (महाराजगन्ज ) काेभिड-१९ काे नयाँ भेरिन्यट फैलिन नदिन तथा यसकाे राेकथाम , नियन्त्रण , उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन नेपाल सरकार (मन्त्रिपरिषदकाे) र गृह मन्त्रालयकाे निर्णयलाई कार्यान्वयन गर्नकाे लागि कपिलवस्तु जिल्लामा बैशाख २१ गते देखि निषेधाज्ञा लागू भएको छ । निषेधाज्ञाकाे अाज दाेस्राे दिन महाराजगन्जमा प्रहरीले थप कडाइ गरेका छन् ।

photo 2021 05 05 17 18 49

ईलाका प्रहरी कार्यालय महाराजगन्जका प्रहरी नायब निरीक्षक हिमनाथ घिमिरे, सशस्त्र प्रहरीकाे टाेलीले सडकमा अाफै खटी ड्युटी गरेका छन । महाराजगन्ज क्षेत्रमा निषेधाज्ञाकाे दाेस्राे दिन झनै कडा बनेको छ ।photo 2021 05 05 17 18 51

दैनिक अति आवश्यक खाद्यान्न, तरकारी, फलफूल पसलहरु लगायत बिरामीलाई मात्रै आवागमन गर्न र अनआवश्यक रूपमा चलेका पैदल यात्री मोटरसाइकल, गाडीहरुलाई नियंत्रणमा लिएर अावश्यक निर्देशन दिइएको र अर्को पटक भेटिएमा कार्यवाही गरिने ईलाका प्रहरी कार्यालय महाराजगन्जका प्रहरी नायब निरीक्षक हिमनाथ घिमिरेले नवलपुर टुडेलाई जानकारी दिनुभयो ।

कमेन्टहरु