देश

प्रधानमन्त्री ओली शरण खोज्दै देउवा निबास बूढानीलकण्ठ पुगे

नवलपुर टुडे
२०७८ बैशाख २२ | मध्यान्ह ०५:०१ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेकपा एमालेका नेताहरु लिएर कांग्रेस सभापति शेरबहादुर देउवा निवास पुगेका छन् । उनी केहीबेरअघि देउवा निवास पुगेका हुन् ।

प्रधानमन्त्री ओलीले रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायतका नेतालाई सँगै लिएर बूढानीलकण्ठ गएका छन् ।

प्रधानमन्त्री ओलीका संचार विज्ञ रामशरण बजगाइँले प्रधानमन्त्री ओली केहीबेर अघि देउवा निवास पुगेको बताए । २७ गते विश्वासको मत लिने प्रयोजनका लागि भन्दै संसद् बैठक बोलाए पछि प्रधानमन्त्री ओली कांग्रेस सभापति देउवासँग छलफल गर्न देउवा निबास बूढानीलकण्ठ पुगेका हुन् ।

कमेन्टहरु