देश

लुम्बिनी प्रदेशका एमाले सांसद डाँगीद्वारा सांसद पदबाट राजीनामा

नवलपुर टुडे
२०७८ बैशाख २२ | मध्यान्ह ०४:०१ बजे

बुटवल । नेकपा एमालेको तर्फबाट दाङ निर्वाचन क्षेत्र नं. २ (ख) बाट लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित अमरबहादुर डाँगीले सांसद पदबाट राजीनामा दिएका छन् । डाँगीले बुधबार सभामुख पूर्णबहादुर घर्ती मगरलाई राजीनामा पत्र बुझाएका हुन् ।

डाँगीले मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति प्रक्रियामा असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएको बताइएको छ । मुख्यमन्त्री शंकर पोखरेलकै गृह जिल्लाका डाँगीले पोखरेलको साथ छोडी माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको समर्थनमा उभिए पछि मुख्यमन्त्री शंकर पोखरेल थप संकटमा परेका छन् ।

नेकपा एमाले दाङबाट बिजय डाँगीले राजीनामा दिएको लुम्बिनी प्रदेश सभा सचिवालयका सचिव दुर्लभ कुमार पुन मगरले नवलपुर टुडेलाई जानकारी दिएका छन् । उनले डाँगीले राजीनामा बुझाएको र सभामुखको निर्देशन अनुसार प्रक्रिया अगाडि बढाएको बताए ।

लुम्बिनी प्रदेश सभाका सदस्य विमला वली खत्रीले यसअघि माओवादीमा प्रवेश गरेकी छन् भने कपिलवस्तुका दृघनारायण पाण्डे प्रदेश सभा सदस्यबाट राजिनामा दिएर कांग्रेसमा प्रवेश गरिसकेका छन् । मुख्यमन्त्री पोखरेल झन झन अप्ट्यारोमा परेका छ्न ।

कमेन्टहरु