स्वास्थ्य

पाल्पाका ३४ स्वास्थ्यसंस्थामा प्रयोग हुने पानीमा भेटियो दिसामा पाइने ‘कोलीफर्म’

नवलपुर टुडे
२०८० असार ३१ | मध्यान्ह ०२:०३ बजे

पाल्पा, असार ३१ । पाल्पाका ८९ स्वास्थ्य संस्थामध्ये ३४ वटाले प्रयोग गर्ने पानीमा दिसामा पाइने ‘कोलीफर्म’ भेटिएको छ ।

कोलीफर्म तातो रगत भएका जीवजन्तु तथा मानिसको दिसामा पाइने एक प्रकारको जीवाणु हो । ८९ स्वास्थ्य संस्थामा प्रयोग गर्ने पानीको परीक्षण गर्दा ३४ वटामा दिसामा पाइने कोलीफर्म भेटिएको हो ।

रिब्दीकोट, माथागढी र बगनासकाली गाउँपालिकाका ६र६ वटा गरी १८ वटा स्वास्थ्य संस्थाको पानीमा कोलीफर्म भेटिएको छ । त्यस्तै, रैनादेवी छहरा र तिनाउँ गाउँपालिकाका तीनरतीन वटा, रम्भा गाउँपालिकाका दुई वटा तथा निस्दी गाउँपालिकाका तीन वटा स्वास्थ्य संस्थाको पानी दूषित भेटिएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाका अनुसार रामपुर नगरपालिकामा तीन वटा र तानसेन नगरपालिकाको एउटा स्वास्थ्य संस्थाको पानीमा कोलीफर्म जीवाणु फेला परेको हो ।

जिल्लाका दुई वटा नगरपालिकासहित आठ वटा गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थामा पानीको शुद्धता परीक्षण गरिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए ।

कमेन्टहरु