देश

कपिलवस्तुमा बसले माेटर साइकललाई ठाेकिदा एक जनाकाे मृत्यु

नवलपुर टुडे
२०७८ बैशाख २१ | मध्यान्ह ०४:०१ बजे

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका ११ झिंगहा आर.टि.ओ. सडकमा बसले माेटरसाइकललाई ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लु १ ख ७४५० नम्बर बसले यु.पी.५५ एच. ०३७५ नम्बरको मोटरसाइकललाई ठोकिँदा कृष्णनगर १२ नारायणापुर निवासी ३५ वर्षका रामबरण यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक रण बहादुर विष्टले जानकारी दिनुभएको छ ।
घाइतेलाई उपचारका लागि बहादुरगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको विष्टले बताउनु भयो ।

शवलाई पोष्टमार्डमका लागि बहादुरगञ्ज अस्पतालमा पठाइएको छ । मोटरसाइकल चालक उत्तरबाट दक्षिणतर्फ गईरहेको अवस्थामा कृृष्णनगरबाट उत्तरतर्फ आउँदै गरेको बसले झिंगहाको चोकको घुम्तीमा दुर्घटना भएको हो । सचालक र गाडी प्रहरीको नियन्त्रणमा रहेको र सो घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु