देश

सुदुरपश्चिम नाकाबाट दैनिक हजारौं नेपाली कोरोनाको पोको बोकी गाउँ पुग्यो

नवलपुर टुडे
२०७८ बैशाख २१ | बिहान ०९:०१ बजे

धनगढी । बिश्वमा कोराना संक्रमणको दोस्रो लहर व्यापक रूपमा फैलिएपछि भारतका विभिन्न ठाउँबाट नेपालीहरु घर फर्किरहेका छन् । नेपालको ४५ जिल्लामा निषेधाज्ञा गरे पनि भारतबाट प्रत्येक दिन हजारभन्दा बढी कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी लगायतका नाका हुँदै नेपाल प्रबेश गरेका छन । तर भारतबाट नेपाल प्रबेश गर्नेलाई परीक्षण बिना नै गाउँ जान दिइएको छ ।

सरकारले भारतबाट फर्कनेको नाकामा एन्टिजेन जाँच गरेर संक्रमण पत्ता लगाउने भनिए पनि किट अभावको कारण बिना परिक्षण गाउँपुगेका छन । आइतबार भारतबाट भित्रिएका १ हजार ८० जनामध्ये ३ सय ८२ जनाको मात्र एन्टिजेन परीक्षण गरियो भन्ने अन्यलाई त्यसै घर जान दिइयो । शनिबार ११ सय ७० मा ४ सय ३२ जनाको मात्र जाँच गरिएको थियो । त्यस्तै शुक्रबार भारतबाट आएका १७ सय ४७ मध्ये ४ सय ७ जनाको एन्टिजेन जाँच गरिएको थियो ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो एक सातामा गौरीफन्टा, गड्डाचौकीलगायतका नाकाबाट ९ हजार ७ सय ५२ जना नेपाल फर्केका छन् । तीमध्ये बढीजसो परीक्षण नगरी गाउँगाउँ पुगेका छन् । र गाउँमा पनि स्थानिय सरकारले आइसुलेशनको ब्यबस्था नगर्दा स्थानीय त्रसित भएका छन ।

कमेन्टहरु