बिजयनगरका त्रिनेत्र माध्यमिक विद्यालयमा छात्रवृत्ति वितरण
धर्मेन्द्र कुमार कुर्मी
२०८० असार २६ | मध्यान्ह ०७:०३ बजे

नन्द किशोर कुर्मी
विजयनगर, असार २६। विजयनगर गाउँपालिका- ७ मधुनगर साेनबरसामा अवस्थित श्री त्रिनेत्र माध्यमिक विद्यालयमा छात्रवृत्ति वितरण गरिएको छ ।
मंगलबार एक कार्यक्रम विच छात्रवृत्ति र खाजा वितरण गरिएको हो । उक्त विद्यालयमा ३५० जना छात्रा र दलित विद्यार्थीलाई छात्रवृत्ति र खाजा वितरण गरिएको प्रधानाध्यापक बालजी चौधरीले जानकारी दिए ।
विद्यालयका ब्यबस्थापन अध्यक्ष विजय कुमार चौधरीको रोहबरमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हाे । कक्षा १ देखि कक्षा ८ सम्म अध्यन गर्ने ३५० जना बालबालिलाई छात्रवृत्ति बितरण गरिएका हुन ।
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक संघका पदाधिकारी, अभिभावक र विद्यार्थीहरुकाे उपस्थितिमा छात्रवृत्ति वितरण गरिएको हाे ।























