देश

धर्म, बर्ग ,जाती र राजनीति भन्दा पत्रकारिता पेशालाई नभुलौ

नवलपुर टुडे
२०७८ बैशाख २० | बिहान १०:०१ बजे

काठमाडौ । विश्व प्रेस दिवस मनाई रहँदा विस्वभर छरिएर हरेक नागरिकलाई सुचनाकाे हकबाट नजिक गर्न खटिएका पत्रकारहरु साँच्चिनै राष्ट्रकाे चाैथाे अंग भने बन्न सक्याे सकेन नागरिकले मुल्यांकन गरेकाे छ ।

इतिहासलाई हेर्ने हाे भने कयाैँ देशहरु छन् जहाँ पत्रकारहरुले देशका राजनितिज्ञहरुलाई राय सुझाब दिन्छन् र साे अनुसार देश बिकासमा राजनितिक दल र तिनका अगुवाहरु अग्रसर देखिन्छ र जनताले अभिबकत्व महसुस गर्न सकिरहेकाे छ ।

यो देशमा पत्रकारहरु बाँच्नकाे लागि अलग-अलग राजनितिक दलकाे पत्रकार छ र मिडिया हाउसहरु संचालनमा छ । एउटाले अर्काकाे बिषयमा नकरात्मक लेखिरहन्छ भने अर्काले अर्कैको बिराेधमा बाेलिरहेकाे उदाहरणहरु छरपस्ट रुपमा देखिन्छ । केहि दिन अघिकाे पत्रकार माहासंघकाे निर्वाचनमा जाे उदाहरणहरु आँखा नदेख्ने कुनै मानिसले पनि राम्रो देख्याे कि काँग्रेस, एमाले र माअाेवादी केन्द्र यी तीन शक्तिशाली पाटीमा अाबद्द रहेर पाटीकाे मुखपत्र बन्दै जनतालाई भ्रम छर्ने नामधारी मिडिया र पत्रकारहरुकाे तमासा प्रष्ट छ ।

देशभर हजाराैँमा सिमित पत्रकारहरुले जहिले पनि तठष्ट रुपमा कलम चलाउन सक्नु पर्नेमा याे गरिव देशमा धनाड्य राजनितिक नेताकाे झासलामा लुकेर उसकाे गुनगान मात्र गाउन मद्दत देखियाे । राष्ट्र निर्माणमा जनता र पत्रकार मिल्याे भने त्याे देश अवस्य पनि समृद्दितिर अघिबढ्ने छ, नेपाली पत्रकारहरुले नेता सँग मिलेर गरेकाे पत्रकारिताले अाफु र अाफ्ना भाविसन्ततिलाई त पुस्ताैँ पुग्ने सम्पती थुपार्ला तर दुखि गरिव जनताले बगाएकाे अाशुले पिर्ने निश्चित छ ।

एउटा पत्रकारले काँग्रेस राम्राे, अर्काले माअाेवादी र अर्काथरिले एमाले असल भन्न छाेडेर किन जनताकाे समस्या र पिडाकाे भाषा लेख्दैन अनि बाेल्न सक्दैन ? याे देशकाे कलकारखानाहरुमा क्षमताहिन पाटीकाे कार्यकर्ता भर्ति गराएर बन्द गराएकाे छ । गरिवजनता ५०° काे गर्मिमा खाडिभासिन बाध्य बनेकाे छ, सरकारले अाम्दानीकाे बाटाे देख्छ जाे जाे मजदुरले रगत पसिना बगाएर जम्मा गरेकाे रकमबाट रेमिट्यान्स असुल्छ, त्यहि नागरिक मर्दा सरकार चासाे दिन्न । फेरि पनि पत्रकारले सरकारलाई खबरदारी गर्न सक्दैन । अनि त्याे पत्रकार बन्ने ?

देशमा महगिले मजदुरकाे टुपि छाेपि सक्याे, कालाबजारीले खुलेअाम नागरिक लुटिरहेकाे छ । सरकारमा अासिन नेताहरुलाई छानबीन गर्न सल्लाहले दिदैन, जनताकाे अावाज बाेल्न सक्दैन । फेरि त्याे पत्रकार ? लुटपाट र हत्या हिंसाले देशमा पेसा बनाइरहेकाे छ, ठुटे डनहरुले दिउसै ब्याबसायीहरु सँग हप्ता असुलिरहन्छ । प्रशासनलाई जागरुक गराउन अावाज उठाउदैन । फेरि भन्ने पत्रकार ?

त्यसकारण पार्टी र नेताकाे लागि कलम चलाउने अाजकाे पत्रकारहरुलाई सचेत नागरिकहरुले कहिल्यै सहजकर्ताकाे नाम दिने छैन र दिएकाे पनि छैन, केवल पार्टी र नेताकाे नाेकर गनिन्छ भने मिडिया हाउस भनिने दलाली अड्डाकाे संज्ञा दिदा फरक पर्दैन । त्यसमा संलग्न रहेर पत्रकारिता गर्नेहरु नै पत्रकार ?

याे देशमा साच्चिनै जनताकाे लागि परिवर्तन चाहने हाे भने देश र जनताकाे लागि पत्रकारिता गराैँ, पार्टी र नेताकाे लागि होइन, मिडिया हाउसहरु नेताले चलाएकाे हुदैन । ब्यबसायिहरुकाे बिज्ञापनबाट चल्छ । जसले अाफ्नाे ब्यबसायबाट मिडिया सँग साझेदारी गर्न चाहन्छ तर मिडिया हाउस मालिकहरु किन पार्टीकाे तर्फबाट संघ र महासंघ भनी कित्ताकाँट हुने ? स्वतन्त्र पत्रकार लेखाैँ ,, त्याे र याे अनि उ पाटीकाे पत्रकार बनेर जनतालाई नेताकाे भ्रमिक समाचार बाँडन प्रेरित नबनाैँ । “विश्व प्रेस स्वतन्त्रता दिवसकाे सबैलाई शुभकामना ।।।

कमेन्टहरु