मधेश प्रदेश

राैतहट कटहरियामा आधारभुत पत्रकारिता तालिम सम्पन्न

नवलपुर टुडे
२०८० असार २४ | बिहान ०८:०३ बजे

दिपेश कुमार शाह

राैतहट, असार २४ । रौतहटको कटहरियामा पाँच दिने आधारभुत पत्रकारिता तालिम शनिबार सम्पन्न भएको छ । लालबकैया मिडिया प्रालिको आयोजनामा सम्पन्न तालिममा उत्साह जनक परिक्षार्थीहरुको सहभागीता रहेको थियो ।

लालबकैया मिडिया प्रालिका अध्यक्ष युवराज झाकाे अध्यक्षतामा सम्पन्न पत्रकारिता तालिममा प्रमुख अतिथिकाे रूपमा कटहरिया बहुमुखी क्याम्पसका प्रमुख गजेन्द्र प्रसाद यादव रहेका थिए । कटहरिया नगरपालिकाकाे सहयोगमा सम्पन्न तालिममा नेपाल पत्रकार महासंघ शाखा रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले प्रशिक्षण दिएका थिए ।

आधारभुत पत्रकारिता तालिममा सहभागी परिक्षार्थीहरु तालिम सम्पन्न पश्चात उत्साहित भएको बताए । तालिम फलदायी भएकोले पत्रकारितालाई व्यहारमा उतार्न सहयोग पुग्ने प्रतिक्रियासमेत दिए ।

कटहरिया नगरपालिकाका प्रेस सल्लाहकार प्रकाश श्रेष्ठ, प्रेस मञ्चका राैतहटका अध्यक्ष किशोरी यादवले तालिममा सिकेका बुँदाहरूलाई व्यवहारमा लागू गर्न सुझाव दिए । पत्रकारिता पेसामा दक्षता हासिल गर्न तालिमले महत्वपूर्ण सहयोग गर्ने बताए ।

महासंघ राैतहट शाखाका अध्यक्ष झाले जिल्लाको पत्रकारितामा महिला सहभागीता बढ्ने विश्वास व्यक्त गरे । प्रमुख अतिथि यादवले पत्रकारिता चाैथाे आँखाका रुपमा रहेको र समाजको वास्तविक सत्य तथ्यलाई उजागर गर्नुपर्ने, यसको मुल मर्म भएको हुँदा बिशेष गरी यस तर्फ तालिम सम्पन्नपछि पत्रकारिता गर्दा ध्यान दिनु पर्ने आवश्यक रहेको बताए । साथै वहाँले परिक्षार्थीहरूले चाह्याे भने कटहरिया बहुमुखी क्याम्पसमा पत्रकारिता अध्यापन सुरु हुन सक्ने बताए । यसका लागि कम्तीमा १० बिद्यार्थीहरू आवश्यकता पर्ने प्रष्ट पारे ।

साे पत्रकारिता तालिममा कटहरिया नगरभरीका १० जना पुरूष र ४० जना महिला गरी करिब ५० जनाको सहभागिता रहेको आयाेजक संस्थाका अध्यक्ष युवराज झाले बताए । तालिम सम्पन्न पछि सहभागी परिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदानगरिएको थियोे ।

photo 2023 07 09 08 43 37

कमेन्टहरु