लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले राजीनामा बुझाएको केही घण्टामा पुनः मुख्यमन्त्रीको शपथ

नवलपुर टुडे
२०७८ बैशाख २० | बिहान ०६:०१ बजे

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका रुपमा राजीनामा बुझाएको केही घण्टामै पुनः मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आइतबार साँझ लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री पोखरेललाई शपथ दिलाएका हुन् । उनले आइतबार बिहान मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा र एमालेकै ४२ जना सांसदले उनी अल्पमतमा रहेको भन्दै लुम्बिनी प्रदेश प्रमुख यादवलाई हस्ताक्षर बुझाएका थिए । अल्पमतमा परेका पोखरेललाई प्रदेश प्रमुख यादवले उनलाई शपथ दिलाएका हुन् ।























