मधेश प्रदेश

सिटिजन लाइफ इन्स्योरेन्स गोलबजार शाखाले गरे घातक रोगको दाबी भुक्तानी

नवलपुर टुडे
२०८० असार २३ | बिहान ०७:०३ बजे

सिरहा । सिटिजन लाइफ इन्स्योरेन्स गोलबजार शाखाले घातक रोगको दाबी भुक्तानि गरिएको छ सिरहाको गोलबजार नगरपालिका- ८ चोहर्वामा रहेको श्री जन्ता नमुना माध्यमिक बिद्यालयमा कार्यालय सहयोगीको रुपमा कार्यरत रहेका लक्ष्मी श्रेष्ठलाई घातक रोगको दाबी रकम भुक्तानी गरिएको हो ।

श्रेष्ठको केही दिन देखि ब्रैन ट्युमर जस्तो घातक रोगका कारण श्रेष्ठको अवस्था दैनिय बन्दै गएको छ । श्रेष्ठले सिटिजन सुभारभ बिमा योजना खरिद गरेका थिए । तर वहाँको अब्स्था दिनप्रतिदिन दैनिय बन्दै गएको बेला श्रेष्ठले सिटिजन लाइफ इन्स्योरेन्समा घातक रोगका लागि रकम दाबी गरेका थिए ।

सो दाबी गरेको रकम सिटिजन लाइफ इन्स्योरेन्स गोलबजारद्वारा भुक्तानी गरिएको म्यानेजर सशीशेखर यादबले बताए । यादबले भने, श्रेष्ठले पहिलो किस्ता बापत रु,१९०००/- उनाइस हजार रकम बचत गर्नु भएका थिए, दोस्रो किस्तामै उहाँले दाबी गरेको रकम बापत तीन लाख रकम पाएको जनाए ।

सिटिजन लाइफ इन्स्योरेन्स गोलबजारका म्यानेजर सशिशेखर यादबले, आफूले अहिले थाह पाए । बिमा के हो भनेर, मानिसको लागि बिमा जरुरी रहेको बताए । उनले बिमा गराउनका लागि सबैमा अपिलसमेत गरेका छ्न ।

कमेन्टहरु