मधेश प्रदेश

एसईईमा सतिश बने राैतहट जिल्ला टप

नवलपुर टुडे
२०८० असार २२ | मध्यान्ह ०३:०३ बजे

दिपेश कुमार शाह
रौतहट । माध्यमिक शिक्षा परीक्षा एसईई २०७९ को नतिजाअनुसार राैतहटकाे फतुवा बिजयपुर नगरपालिका-२ सितलपुर घर भएको सतिश कुमारले जिल्लाका सहभागीमध्ये सर्वोत्कृष्ट अंक प्राप्त गरेका छन् । श्री माध्यमिक विद्यालय शितलपुरबाट एसईईमा सहभागी भएका उनले राैतहट जिल्लामै सबैभन्दा बढी ग्रेड प्वाईन्ट एभरेज (जीपीए) ल्याई उतीर्ण गरेका हुन्।

उनले ३.९५ जीपीए ल्याएका छन् । सिम्बाेल नम्बर ०३५०८३८० आर भएका उनी ९८.७५ प्रतिशत अंक ल्याउन सफल भएका छन् । सतिशले जिल्ला भरीको सामुदायिक विद्यालयहरूमा उत्कृष्ट अंक ल्याउन सफल भएको जिल्ला शिक्षा समन्वय ईकाइ राैतहटका प्रमुख रामबिनय कुमार सिंहले बताए ।

एसईईको नजिता अनुसार आफूले लक्ष्य लिएको अनुसार नै अंक प्राप्त गरी उतीर्ण हुन सफल भएको सतिशकाे भनाइ छ । उनी भन्छन्, ‘मैले आमाबुबाको दुःख, कष्ट धेरै नै नजिकबाट नियालेके छु । उहाँहरूले पढाइ लेखाइको क्रममा मलाई कुनै कुराको पनि कमि हुन दिनु भएन । यता, मेरा गुरुजनहरू पढाइ लेखाइको क्रममा कहि कतै त्रुटी हुन दिनुभएन् ।

आगामी दिनमा मिहिनेत र लगनशिल भएर पढ्नेछु अनि यो भन्दा पनि राम्रो अंक ल्याएर उहाँहरूको शीर अझै उठाउन चाहन्छु।’ भनिन्छ, ‘मेहनतको फल मिठो हुन्छ ।’ सामुदायिक बिद्यालय प्रति अभिभावकहरूकाे आकर्षण कम भईरहेकाे अवस्थामा सामुदायिक बिधालयमा नै अध्ययन गरेर राम्रो अंक ल्याएर उनले सामुदायिक बिद्यालयकाे नाम राेशन गर्न सफल भएको छ । त्यही अनुसार बिद्यालय अगाडि बढिरहेकोमा आफूलाई खुशि लागेकाे प्रतिक्रिया दिए ।

जिल्ला टप गर्न सफल भएका बिद्यार्थी सतिशलाई धेरै धेरै बधाई तथा उज्ज्वल भविष्यकाे कामना पनि गर्नु भएको छ । साे बिद्यालयका प्रधानाध्यापक बुनिलाल यादवले जिल्ला टप गर्न सफल भएका बिद्यार्थी सतिशलाई धेरै धेरै बधाई तथा उज्ज्वल भविष्यकाे कामना गर्दै बिद्यालयलाई अगाडि बढाउनमा चाैतर्फी सहयोग हुन सके नतिजा यस्तै ल्याउन सक्ने बताए । आर्थिक रुपमा कमजोर र मध्यम वर्गीय परिवारका करीब ८०% प्रतिशत विद्यार्थीहरु सार्वजनिक विद्यालयमा अध्ययन गर्दछन्

कमेन्टहरु