मधेश प्रदेश

न्यायको लागी प्रहरी गुहार्दै पीडित लहान प्रहरीको अनुसन्धान फितलो

नवलपुर टुडे
२०८० असार २२ | मध्यान्ह ०३:०३ बजे

लहान, असार २२ । करिब १० बर्षा अगाडी सप्तरीको अर्नाहाको सुस्मिता कुमारी चौधरीसंग मागी बिवाह गरेको लहान नगरपालिका वडा नम्बर १८ बसाजोडी बस्ने तारिणी प्रसाद चौधरीले जेठी श्रीमती र छोराछोरी छोडेर कान्छी श्रीमती लिएर बाहिरै बस्न थालेका छन्।

प्रेमिका संग करिब एक बर्ष अगाडी देखि लुकि छिपी बाहिरै बस्दै आएको तारिणी प्रसाद चौधरीको घरमा काखे छोराछोरीको बिचल्ली भएका छन् । श्रीमान चौधरीले प्रेमिका संग मौज मस्तीमा लागेका छन् भने जेठी श्रीमती काखे बच्चा लिएर न्यायका लागी चिरार्दै आएका छन्।

न्यायका लागी ईलाका प्रहरी कार्यालय लहानमा श्रीमान हराएको खोज तलासको लागी उजुरीसमेत दिएको र न्यायको लागी महिनौं दिनसम्म धाउदै आएकी सुस्मिता चौधरी न्याय नपाएको दु:ख ब्यक्त गरेका थिए । सासु ससुराले समेत दु:ख दिने गरेको पीडित सुस्मिता चौधरीले बताए।

श्रीमान तारिणी चौधरीले जेठी श्रीमती सुस्मितालाई जग्गा जमिनमा हिंसा, फाट बखरा नदिने गलत मनसायले गाउँमै बस्दै आएकी बहिनीको नाउँमा आफनो निजि करिब एक बिगहा जग्गा नामसारी गरेका छन्।

पटकपटक श्रीमान बाटै मानसिक र शारीरिक यातना खेप्दै आएका सुस्मिता काखे बच्चा लिएर दिन भरी रुदै बस्छिन।
खान लगाउन श्रीमान र सासु ससुराले नदिए पछि माईती पक्षका बुवा आमाले खर्च पानी जोडदै आएको पीडित चौधरीले दु:ख व्यक्त गरेका छन्।

ईलाका प्रहरी कार्यालयमा उजुरी दिए पनि कुनै सुनवाइ नगरेको पीडितले आरोप लगाएका छन् । यता प्रहरी इन्चार्ज भोला भट्टका अनुसार प्रशासनले अनुसन्धान गरीरहेको बताए।

कमेन्टहरु