लुम्बिनी प्रदेश

४५ हजार घुससहित रुपन्देहीको टोटहीमाई गाउँपालिकाका इन्जिनियर पक्राउ

नवलपुर टुडे
२०८० असार २० | मध्यान्ह ०६:०३ बजे

रुपन्देही । रुपन्देहीको टोटहीमाई गाउँपालिका वडा नं.-७ का इन्जिनियर अरबिन्द कुमार यादव ४५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यादवलाई नियन्त्रणमा लिएको हो । उनले सडकको पीसीसी र ग्राभेल कार्यको नापजाँच, भुक्तानीका लागि घुस लिएको अख्तियारको दाबी छ ।

कमेन्टहरु