लुम्बिनी प्रदेश, समाचार

नवलपरासीमा ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा ३७ लाख बराबरको क्षति

नवलपुर टुडे
२०८० असार १९ | मध्यान्ह ०६:०३ बजे

नवलपरासी, असार १९ । पश्चिम नवलपरासीमा ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । मंगलबार दिउँसो करिब ४:२० बजे बर्दघाट नगरपालिका – ४ बर्दघाट बजारस्थित बम बहादुर थापाको २ तले घरमा शटर भाडामा लिई बस्ने आशिष फोटो स्टुडियो भित्र खाजा बनाउने क्रममा सिलिन्डरबाट ग्यास लिक भई आगलागी भएको हो ।

आगलागी भएको खबर प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय बर्दघाटबाट प्रहरी निरीक्षक बीरेन्द्र केसीको कमाण्डमा २५ जनाको टोली उक्त स्थानमा पुगी स्थानिय, दमकल र प्रहरीको सहयोगमा करिब ५ बजेतिर आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आगलागीबाट १ जना मानिस सामान्य घाईते भएका छन् ।

सोही घरमा भाडामा लिई संचालन गरेको पसलहरुसमेत जलेर क्षती भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो घरमा शटर भाडामा लिएर व्यवसाय गर्ने बर्दघाट न.पा. १० बृत्ता बस्ने बर्ष ३१ को सुरज चौधरीको आशिष फोटो स्टुडियो पुर्ण रुपमा जली क्षती भएको र निज आशिष चौधरीको आगो निभाउने क्रममा अनुहारमा पोली सामान्य घाईते भएको छ ।

त्यसैगरी बर्दघाट न.पा. ४ लक्ष्मीनगर बस्ने बर्ष ३० को दुर्गा न्यौपानेको पर्बत युनिक फेन्सी पसलमा आंशिक क्षती भएको छ, भने बर्दघाट न.पा. ४ बजार बस्ने बर्ष ४८ को शिवराज चौधरीको रबिन फार्मेसीमा आंशिक क्षती भएको छ । त्यस्तै बर्दघाट न.पा. १६ कुकुरमारा बस्ने बर्ष ३३ की पुजा सोनीको जे.के. सैलुनमा आंशिक क्षती भएको छ ।

प्रहरीका अनुसार आगलागीबाट ३७ लाख ५ हजार बराबरको क्षति भएको छ । अन्य आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

भिडियो:

कमेन्टहरु