लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशसभा बैठक बस्दै, बजेटमाथिको छलफल हुने

नवलपुर टुडे
२०८० असार १७ | बिहान ०९:०३ बजे

दाङ, असार १७ । लुम्बिनी प्रदेश सभाको आजको बैठकमा बजेटमाथि छलफल हुने भएको छ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि पेश गरेको बजेटमाथि आज छलफल हुन लागेको हो ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले असन्तोष जारी गरेको तथा सत्ता पक्षीय सांसदसमेत असन्तुष्ट रहेको बेला प्रदेशसभा चल्नेमा भने अझै आशंका कायमै छ । नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याएको बजेटबारे आन्तरिक सहमति नजुट्दा बजेट पेश भएको दुई साता नाघिसक्दा पनि बजेट बारे छलफल सुरु हुन सकेको छैन ।

पूर्वनिर्धारित कार्यसूची अनुसार गत असार १० गतेबाट बजेट माथि छलफल सुरु गर्ने भन्दै बैठक आव्हान गरिएको भएपनि विवाद नसल्टेपछि सूचना टाँसेर स्थगित गरिएको थियो ।

गत असार १ गते अर्थमन्त्री धनबहादुर मास्केले ४० अर्ब ४७ करोड ८९ लाख बराबरको बजेट प्रदेशसभामा पेस गरेका थिए ।

कमेन्टहरु