देश

कर्मा साङतेनलिङ गुम्बाकाे सार्वजानिक जग्गामा पेट्रोलपम्पको रबैया

नवलपुर टुडे
२०७८ बैशाख १८ | बिहान ०७:०१ बजे

माझीटार १८ सिन्धुलि।
सिन्धुली जिल्ला साविक कमलामाई नगरपालिका ७ र हालका सोही वडाका माझीटारमा रहेका सुनिता अायल सेन्टरका सञ्चालक रामेश्वर महत्ताे र सुनिल महत्ताेले धार्मिक स्थलकाे लागि दिएकाे सार्वजनिक जग्गा अतिक्रमण गरेर पेट्रोल पम्प बनाए को छ।
धर्म निरपेक्ष राष्ट्रकाे खिल्लि उडाउँदै अाईरहेकाे छ ।

ती पेट्रोल पम्पका सञ्चालकहरुलाई जग्गा मिचेकाे सम्बन्धमा । किन मिचेकाे भनी प्रश्न गर्दा गुम्बा सञ्चालकहरुलाई उल्टै धाक, धम्की दिई, जे पनि गर्न अाफुहरु तयार रहेकाे भनी रामेश्वर महत्ताेले धम्कीपुर्ण अभिव्यक्ति दिएकाे भनी गुम्बा संघका अध्यक्ष पार्वति थापाकाे सहयोगमा पासाङ्ग मोक्तन ले नवलपुर टुडेलाई जानकारी दिनुभएकाे छ ।
जुन जग्गा अतिक्रमण गरेर ३३ कि. मि. ढल्केबर विध्युत प्रसारण लाईनमा बिना ईजाजत पेट्रोल पम्प बनाएर सञ्चालनमा ल्याउँदै अाईरहेकाे छ । ती संगै पेट्रोल पम्पाले गुम्बाकाे नाममा रहेकाे सर्वाजानिक जग्गा अतिक्रमण गरेको हो ।
ती मिचेकाे जग्गाकाे छिनाेफानाे र निसाफ गरिदिन गुम्बा संघले जिल्ला प्रशासन सिन्धुली र नगरपालिकलाई पटक-पटक निवेदन दिदा पनि सुनुवाई नगरि, उल्टै ती जग्गा मिच्नेहरु पक्षमा उभेर गुम्बा संघलाई विपक्षी बनाएकाे संघले जनाएकाे छ ।

कमेन्टहरु