बर्दघाटबाट भूमिहीन दलितलाई लालपुर्जा वितरण सुरु

नवलपुर टुडे
२०८० असार १४ | मध्यान्ह ०६:०३ बजे

नवलपरासी, असार १४ । पश्चिम नवलपरासीका भूमिहीन सुकुम्बासी तथा दलितलाई जग्गाधनी लालपुर्जा वितरण सुरु गरिएको छ ।
जिल्लाको बर्दघाट नगरपालिकाबाट पहिलो चरणमा भूमिहीन दलितलाई जग्गाको धनीपुर्जा वितरण गरिएको हो । बिहीबार भूमिहीन १० दलित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ र पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का सांसद बिनोद चौधरी, कांग्रेस नेता देवेन्द्रराज कँडेलले भूमिहीनलाई पुर्जा वितरण सुरु गरेका थिए । अब क्रमशः जिल्लाका अन्य पालिकामा पनि वितरण गरिने बताइएको छ ।
यसअघिका आयोगले अधुरा राखेका काम र अहिले परेका निवेदनमध्ये १ हजार ९ सय ९६ वटा कित्ताको नाप नक्सा तयार भएको र क्रमशः पुर्जा वितरण गर्दै जाने भूमि आयोग पश्चिम नवलपरासीका अध्यक्ष देवराज भण्डारीले नवलपुर टुडेलाई बताए ।























