तस्कर, देश, लुम्बिनी प्रदेश

परासीमा अबैध सुर्तीसहित तीन जना पक्राउ

नवलपुर टुडे
२०८० असार ११ | मध्यान्ह ०५:०३ बजे

नवलपरासी, असार ११ । पश्चिम नवलपरासी प्रहरीले भारतबाट भन्सार छली गरेर ल्याएको अबैध सामानसहित तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा लु ४ प ४४०० नम्बरको मोटरसाइकल चालक पाल्हीनन्दन- ५ गेर्मा बस्ने बर्ष अन्दाजी ३७ को बिकाउ बानियाँ, युपि ५३ एच ३१९१ नम्बरको मोटरसाइकल चालक पाल्हीनन्दन- ५ बस्ने बर्ष अन्दाजी २२ को पिन्टु बानियाँ र युपि ५३ डि ४५७८ नम्बरको मोटरसाइकल चालक सोही स्थान बस्ने बर्ष अन्दाजी २८ को रामजान शेख रहेका छन ।

उनीहरुलाई सोमबार बिहान अन्दाजी ०५:५० बजे रामग्राम नगरपालिका- ७ उजैनी स्तुपास्थितबाट पक्राउ गरेको हो । उनीहरुले भारतबाट भन्सार छली मोटरसाइकलमा अबैध सामान ल्याउदै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट प्र.स.नि. शेर बहादुर थापाको कमाण्डमा खटि गएको टोलीले पक्राउ गरेका हुन ।

मोटरसाइकलमा ल्याउदै गरेको सुर्ती सुपर पावर ३०० सय केजी अन्दाजी मूल्य ५,४०,०००/- पाँच लाख चालीस हजार र उक्त सुर्ती सुपर पावर बोक्न प्रयोग गर्ने लु ४ प ४४०० को डिस्कभर मोटरसाइकल अन्दाजी मूल्य रु.१५०००/- पन्ध्र हजार, युपि ५३ एच ३१९१ नम्बरको आरएक्स मोटरसाइकल अन्दाजी मूल्य रु. १५०००/- पन्ध्र हजार र युपि ५३ डि ४५७८ नम्बरको होण्डा मोटरसाइकल अन्दाजी मूल्य रु. १५०००/- पन्ध्र हजार गरी जम्मा अन्दाजी मूल्य रु.५,८५,०००/- पाँच लाख पचासी हजार बराबर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी एवम डीएसपी भोजराज पाण्डेयले नवलपुर टुडेलाई जानकारी दिए ।

अबैध सामान, मोटरसाइकल र नियन्त्रणमा लिईएका तीन जनालाई आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय पठाएको जानकारी पाण्डेयले दिए ।

कमेन्टहरु