लुम्बिनी प्रदेश

कपिलवस्तु पत्रकार महासंघको शुद्धिकरण अभियान नै अशुद्धिकरण

धर्मेन्द्र कुमार कुर्मी
२०८० असार ११ | मध्यान्ह ०२:०३ बजे

कपिलवस्तु, अषाढ ११ । नेपाल पत्रकार महासंघ कपिलवस्तुले नेपाल पत्रकार महासंघको शुद्धिकरण अभियानलाई साथ त दिएको छ तर यसमा भने महासंघ कपिलवस्तुले आफ्नै तरिकाले शुद्धिकरण गरेको छ ।

केन्द्रिय निर्देशन अनुसार कपिलवस्तु महासंघले कुनै पनि संस्थामा जागिरे, राजनैतिक पद धारण गरेका व्यक्तिहरु लगायतको पत्रकार सदस्यता नविकरण नगर्ने भनेको थियो । तर यता कपिलवस्तु शाखाले पत्रकार महासंघ कपिलवस्तुका पुर्व अध्यक्ष डिलाराम भुसालको संयोजत्व रहने गरि शुद्धिकरण अभियान चलाएको थियो । कुल सदस्य संख्या १९३ रहेको नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखा अहिले शुद्धिकरण भन्दै १२० जना पत्रकारको सदस्यता नविकरण नगर्ने निर्णय गरेको हो । तर महासंघले पठाएको ७३ जनाको मात्र नविकरण गर्ने भन्दै प्रदेश समितिलाई पठाएको छ । तर, शुद्धिकरण समितिले १२० जना शुद्धिकरण गर्ने नमिल्ने भन्दै ७३ जना भित्र समेत जागिरे, विभिन्न राजनिति दलका व्यक्ति, निजि विद्यालय तथा वित्तिय संस्था सञ्चालकहरु रहेका छन् ।

नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयको निर्देशन अनुसार भने कपिलवस्तु महासंघले ७३ जना विभिन्न दलको कोटा अनुसार सिफारिस गरेको छ । महासंघले सिफारिस गरेको मध्ये शुसिला बेल्बासे, नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधि हुन् भने बाबुराम रायमाझि वाणगंगा नगरपालिकाबाट सरकारी तलब खाने कर्मचारी हुन । सिफारीस गरेको चिन्ता परियार ने.क.पा माओवादी केन्द्र शिवराज नगरका अध्यक्ष हुन् ।

यस्तै कपिलवस्तु शाखाले पठाएका कुलराज भुसाल सिदार्थ क्याम्पसमा पढाउछन् भने प्रेस चौतारीका विकाश थापा मुस्लिम आयोगबाट सरकारी सेवा लिएका पत्रकार हुन् । सिफारीसमा परेकी सरिता ज्ञवाली रेडियो बुद्ध आवाजकी पुर्व कर्मचारी हुन् भने हाल एन.जि.ओ मा जागिरे छिन् । प्रेस युनियनका दिपक भण्डारी भने एन.जि.ओ. का कर्मचारी हुन् यस्तै माओवादीबाट पुर्व कृषि मन्त्री बलदेव खनालका स्वकिय सचिव सरोज खनाल भने बित्तिय संस्था तथा निजि विद्यालय सञ्चालक हुन् । उनि हाल कुनै मिडियामा आबद्ध छैनन् । प्रेस सेन्टरका राजेश कुर्मी चौधरी शिवराज नगरपालिकाको कर्मचारी, माधव बेल्बासे नेपाल आदर्श बहुमुखी क्याम्पसको लेखापाल र बलवन्त गुप्ता गौतम बुद्ध साझेदारी वन व्यवस्थापन समिति सदस्य हुन।

यता कपिलवस्तु शाखाले गरेको शुद्धिकरण अभियान कपिलवस्तु शाखा समितिका केहि व्यक्तिहरुले बिरोध गरेका छन् । समितिका सदस्य नारद कुवंर, कोषाध्यक्ष महोन बेल्वासेलाई बैठकमा खबर नगरि मनोमानि तरिकाले सिफारिस गरिएको हो । हुन् त शुद्धिकरण अभियानका संयोजक डिलाराम भुसाल पत्रकार भन्दा धेरै व्यपारीका रुपमा चर्चित छन् । यस्तै वृजेश जेसवाल भने सिनेमा सप्तरङका सञ्चालक हुन् । यस्तै जिल्लाका वरिष्ठ पत्रकारका रुपमा रहेका विकास बन्जाडे माहुरी संघमा कार्यरत्त छन् ।
महासंघले वाणगंगा एफएमका स्टेसन म्यानेजर गणेश पोख्रेलको समेत सदस्यता नविकरण गरेको छैन् ।
जिल्लाका केहि ठुला भनिने पत्रकारहरुले प्रेस युनियन, प्रेस चैतारी, प्रेस सेन्टर, समाजवादी पार्टीको प्रेस संगठनलाई कोटा सिस्टममा राखेर सदस्यता नविकरण गरेका छ । अहिले पत्रकार महासंघ कपिलवस्तुको भने कार्य समितिले नै शुद्धिकरण अभियानको बिरोध गरेको छ ।

कमेन्टहरु