नवलपरासीमा ७ लाख भन्दाबढी अबैध सामान बरामद


नवलपरासी, असार ९ । भारतसंग सीमानाका जोडिएको पश्चिम नवलपरासीको विभिन्न स्थानबाट भन्सार छली नेपाल भित्र्याएको अबैध सामान प्रहरीले बरामद गरिएको छ ।
तस्करले भन्सार छली विभिन्न नाकाबाट ल्याएको अबैध सामान प्रहरीले बरामद गरिएको हो । प्रहरीले शुक्रबार काँचो सिम्रीक, युरिया मल, बोईलर कुखुरा, चिनी, कुर्ता सुरुवाल, प्लाष्टिक रेनकोट, कम्बल, भारतीय नम्बरको मोटरसाइकल लगायतका बिभिन्न किराना सामानहरु बरामद गरिएका हुन ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी मातहतका ईलाका प्रहरी कार्यालय बेलाटारी, प्रहरी चौकी गुठिप्रसौनी, प्रहरी चौकी भुजहवा, प्रहरी चौकी गोबरहिया र प्रहरी चौकी गेर्मीबाट खटिएका प्रहरी टोलीले बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिए ।
बरामद गरिएको सामानको अन्दाजी मूल्य रु. ७,२२०३०/- (सात लाख बाईस हजार तीस रुपैया) बराबरको रहेको छ । बरामद भएको अवैध सामान तथा सवारी साधन आवश्यक कारबाहीको लागि भन्सार कार्यालय महेशपुर पठाइएको पाण्डेयले बताए ।























