मधेश प्रदेश

क्रियाशिल पत्रकारले सदस्यता नपाएको भन्दै रौतहट शाखामा ताला

नवलपुर टुडे
२०८० असार ८ | मध्यान्ह ११:०३ बजे

रौतहट, असार ८ । नेपाल पत्रकार महासंघ रौतहट शाखामा तालाबन्दी भएको छ । केही महिनाअघि नयाँ सदस्यताका लागि आह्वान गरेको भएपनि सदस्यताका लागि महासंघले माग गरेको आवश्यक पर्ने सम्पूर्ण कागजपत्र दिएको भएपनि सदस्यताबाट बन्चित गरिएको भन्दै क्रियाशील पत्रकारहरुले तालाबन्दी गरेका हुन।

महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाले मनोमानी ढंगले क्रियाशील पत्रकारलाई भन्दा पनि आफ्ना आसेपासे, नातावाद अनुसार नयाँ सदस्यता थपेको आरोप क्रियाशील पत्रकारहरुले आरोप लगाएको छन ।

वर्षौँदेखि निरन्तर समाचार लेखनमा क्रियाशील रहेका पत्रकारलाई पाखा लगाउँदै शुद्धीकरणको नाममा कतिको सदस्यता खोस्ने र कतिलाई मानार्थ सदस्यमा राखिएको महासंघ रौतहट शाखाका पूर्व अध्यक्ष रबिन्द्र साहको आरोप छ ।

कमेन्टहरु