कपिलवस्तुको लालपुरमा छात्राहरुलाई साइकल वितरण
धर्मेन्द्र कुमार कुर्मी
२०८० जेष्ठ २३ | मध्यान्ह ०१:०२ बजे

प्रिन्स मिश्रा
कपिलवस्तु । कपिलवस्तुमा छात्राहरुलाई साइकल वितरण गरेका छन । जिल्लाको शिवराज नगरपालिका- १० लालपुरले छात्राहरुलाई प्रोत्साहन स्वरुप साइकल वितरण गरेको हो ।
वडाले उच्च शिक्षा हासिल गर्न सहजता तथा उत्प्रेरणाका लागि छात्रालाई साइकल वितरण गरिएको हो । सोमबार एक कार्यक्रमको आयोजना गरी ३४ जना छात्रालाई साइकल वितरण गरिएका हुन ।
वडा अध्यक्ष मंजु मिश्राले किशोरीहरुलाई बिद्यालय जान र शिक्षा हासिल गर्न प्रोत्साहन गरेको र शिक्षा हासिल गर्न बिद्यालय आउजाउ गर्न मद्दत पुग्ने बताए ।























