शिक्षा

प्रतापपुर गाउँपालिकाद्वारा उच्च शिक्षा अध्ययनका लागि १२० छात्रालाई नि :शुल्क साइकल वितरण

नवलपुर टुडे
२०८० बैशाख २९ | मध्यान्ह १०:०१ बजे

खुरसेद हजाम
प्रतापपुर, बैशाख २९ । पश्चिम् नवलपरासीको प्रतापपुर गाउँपालिकाले उच्च शिक्षा अध्ययनरत १२० छात्रालाई नि:शुल्क साइकल वितरण गरेको छ । प्रतापपुर गाउँपालिका भित्र स्नातक प्रथम वर्षमा अध्ययनरत छात्रा विद्यार्थीलाई साइकल वितरण गरेको हो ।

छात्राहरूलाई प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादव र उपाध्यक्ष मान कुमारी चौधरी, वडा अध्यक्षलगायतले संयुक्त रुपमा साइकल वितरण गरेका हुन् । साइकल वितरण गर्दै पालिका अध्यक्ष उमेश चन्द्र यादवले यस कार्यक्रमले टाढा टाढाबाट विद्यालय आउने छात्राहरुलाई अध्ययनमा धेरै सहज हुने र शिक्षाको गुणस्तर सुधारमा मद्दत पुग्ने विश्वासका साथ गाउँपालिका भित्र छोरी मान्छेको पढाईलाई प्रोत्साहन स्वरुप साईकल वितरण गरिएको बताए । पालिकाले अहिले शिक्षा क्षेत्रमा जोड दिईएको छ । शिक्षा क्षेत्रलाई सुधार गर्न विभिन्न कानुन निमार्ण गरेर अगाडि बढिएको पालिका अध्यक्ष यादवको भनाई छ ।

पालिकाभित्र रहेका समुदायिक र संस्थागत विद्यालयहरुको भौतिक संरचना राम्रो बनाउँदै सिकाई प्रक्रियामा उच्चतम प्रविधिहरुको प्रयोग गरेर गुणस्तरीय शिक्षा दिने आफूहरुको प्रयत्न रहेको साथै छोरीहरूलाई शिक्षित बनाउने मात्र नभई सरकारी सेवामासमेत आरक्षणको व्यवस्थामा जोड दिन छोरीहरूलाई शिक्षा र रोजगारीका साथै आत्म रक्षाका लागिसमेत अग्रसर बनाउने लक्ष्यका साथ आफूहरु अघि बढ्ने यादवले बताए ।

साइकल वितरण कार्यक्रममा विद्यार्थी छात्रा कर्मचारी, स्थानीय बुद्धिजीवी, संचारकर्मीलगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

IMG 20230512 222118 787 IMG 20230512 222118 219 IMG 20230512 222119 067 IMG 20230512 222119 056

कमेन्टहरु